फ्रान्सका पूर्व खेलाडी जीन-मिशेल लार्कले हालैको प्रदर्शनका आधारमा किलियन एम्बाप्पेको पीएसजीमा अहिले कुनै ठाउँ नरहेको बताएका छन्। एम्बाप्पे उत्पादनमूलक फुटबल खेल्नु भन्दा आफ्ना विपक्षीहरुलाई अपमान गर्नमा बढी रुचि राख्न थालेको भन्दै उनको क्लबमा कुनै स्थान नरहेको बताए।
खेलाडी र प्रशिक्षक दुबैको रूपमा पीएसजीको प्रतिनिधित्व गरिसकेका लार्कले एमबप्पेले विश्व फुटबलमा सर्वश्रेष्ठ बन्न चाहने भए आफ्नो खेलमा परिवर्तन गर्न समेत सल्लाह दिएका छन्।
“एम्बाप्पेको अहिले पेरिस सेन्ट-जर्मेनमा कुनै ठाउँ छैन,” लार्कले आरएमसी स्पोर्टको एक शोमा भने। “मलाई उनको दिमागमा के छ बुझ्नु छैन। तर उनले चीज जटिल बनाइरहेका छन्। उनी आफै आफूले गर्ने सबै कुरा जटिल पार्दैछन्। उनी किन र्याबोना गरिरहेका छन् ? उनले किन बाह्र स्टेपओभर गरिरहेका छन् यदि बल अगाडी बढाउनु नै छैन भने ?”
उनले एम्बाप्पेको खेलमा अहिलेको समयमा अनावश्यक चीज मात्र रहेको टिप्पणी गरे। “उनलाई डिटोक्सिफिकेशन आवश्यक छ, उनको फुटबलको लागि एक उपचार, जुन अनावश्यक चालहरूको साथ पूर्ण रूपमा प्रदूषित छ। उनको बलियो पक्ष भने उनको गति हो तर हामीले अहिले त्यो देख्न पाएका छैनौं,” उनले भने।
एम्बाप्पेको लागि पीएसजीका नवनियुक्त प्रशिक्षक माउरीसियो पोचेटिनो एक अविभावक समान रहने लार्कले तर्क राखे। पोचेटिनोले एम्बाप्पेको खेलमा सुधार ल्याउन सहयोग गर्ने लार्क आशा राख्छन्।