आखिर किन बाथरूममा नै सबैभन्दा धेरै हुन्छ हर्टअट्याक? जानिराखौ!

मानिसको लागि अहिले हर्टअट्याक (प्राणघातक रोग)  गम्भीर समस्या बनेको छ। हर्टअट्याक अचानक  हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुन्छ। हर्टअट्याक आउनुको कुनै निर्धारित समय हुदैन। तर के तपाईलाई  थाहा छ हर्टअट्याक बिहानको समयमा बाथरुममा धेरै हुन्छ।

बाथरूममा हर्टअट्याक हुनुको धेरै कारण रहेको छ, यदि तपाईले यस बारेमा जानकारी पाउनुभयो भने आफु र आफ्नो परिवारलाई यसबाट  सुरक्षित राख्न सक्नुहुन्छ। बिहानको समयमा  बाथरूममा  हर्टअट्याक किन आउँछ? र हर्टअट्याक के हो ?

विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ। रगत मार्फत हाम्रो  शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ। तर जब तपाईको हृदयसम्म अक्सीजन पुग्ने धमनिमा प्लाक जमेको कारण रुकावट पैदा हुन्छ, यस कारण मुटु धड्किने रफ्तार असन्तुलित  हुन्छ। र यसबाट नै हामीलाई हर्टअट्याक आउने गर्छ।

​बाथरूममा हर्टअट्याक आउनुको पहिलो कारण:

बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेशर लगाउछौ। अधिक प्रेशर लगाउदा हाम्रो मुटुमा अधिक दवाब बन्छ। यसकारण हर्टअट्याक आउन सक्छ ।

​बाथरूममा हर्टअट्याक आउनुको दोस्रो कारण:

बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ। यस्तो स्थिति शरीरको तापमानलाई सन्तुलित  गर्न र रगत प्रवाह गर्नलाई अधिक कार्य  गर्नुपर्छ। यसकारण हर्टअट्याक आउन सक्छ।

​बाथरूममा हर्टअट्याक आउनुको तेस्रो कारण:
बिहानको  समयमा हाम्रो ब्लड प्रेशर धेरै हुन्छ। यस्तैमा हामी जब नुहाउनको लागी अधिक चिसो वा तातो  पानी टाउकोमा हाल्छौ तब यसले ब्लड प्रेशरमा  प्रभावित हुन्छ। यसैकारण  हर्टअट्याकको जोखिम बढ्छ।

हर्टअट्याकबाट बच्ने तरिका

१. अधिक समयसम्म एउटै पोजिशनमा नबस्नुहोला । यस तरिकाले तपाई हर्टअट्याकबाट बच्न सक्नुहुन्छ।

२. बाथरुममा नुहाउने समयमा पानीको तापमानको ध्यान राख्दै सबैभदा पहिला खुट्टा भिजाउनुहोला। त्यसपछि टाउकोमा हल्का पानी हाल्नुहोला। यो तरिकाले पनि बच्न सक्नुहुन्छ।

३. पेट सफा गर्नको लागि अधिक जोर नलगाउनुहोला वा हतार  नगर्नुहोला।

४. यदि नुहाउने समयमा अधिक समयसम्म बाथ टब वा पानीमा रहनुभयो भने यसको असर धमनिमा पर्छ। यस्तैमा अधिक समयसम्म बाथ टबमा नबस्नुहोला।

प्रकाशित : शनिबार, माघ ०३, २०७७१६:५७

यी फलफूलको फल मात्र नभई बोक्रा पनि हुन्छ अत्यन्त लाभदायक !