नीमको पात अनेक किसिमका रोगका उपचारका लागि प्रयोग गरिन्छ। तर विभिन्न छालाको समस्याको उपचाको लागि पनि नीमको निकै नै महत्व हुने गर्दछ। आखिर नीमको पात किन र कस्तो रोगको उपचारको लागि प्रयोग गरिन्छ त् ;
नीम प्रभावकारी हर्बल हो
नीम स्वास्थ्यका लागि निकै नै प्रभावकारी र अनेक बिशेषता भएको हर्बल हो। यसलाइ आयुर्वेदिक उपचारको लागि सयौं बर्ष अघि देखि प्रयोग गरिदै आइएको छ। यो बृहत रुपमा छालाको उपचारको लागि नै प्रभावकारी छ। यसमा रहेको एन्टी ब्याक्टेरिया , एन्टी फंगल , एन्टीसेप्टिक गुणले गर्दा छालामा हुने संक्रमणबाट बचाऊछ। अझै महत्वुर्ण कुरा त् के छ भने नीममा भिटामिन ई पनि प्रसस्त मात्रामा हुने गर्दछ। यसको पातलाई पेस्ट बनाएर पनि प्रयोग गर्न सकिन्छ।
नीम डन्डीफोरका लागि पनि प्रभावकारी छ
अनुहारमा देखिने हरेक प्रकारका समस्याबाट ग्रस्त हुनुहुन्छ भने प्रयोग गर्नुहोस नीम को पातलाई जसले गर्दा छालामा देखिने समस्या बाट तुरुन्तै छुटकारा पाउन सकिन्छ। यदी यसको पातलाई पिसेर दैनिक करिब एक हप्ता सम्मको प्रयोगले यसबाट राम्रो प्रतिफल मिल्ने देखिन्छ।
ऒएल स्किनको लागी
यदी अनुहार ऒएलि भएर चिन्तित हुनुहुन्छ भने नीम को पातलाई पेस्ट बनाएर दैनिक रुपमा प्रयोग गर्ने गर्नुहोस जसले अनुहारमा हुने बिविध प्रकारका समस्याका बाट सजिलै मुक्ति पाउन सकिन्छ।
आकर्षक छालाको लागि
जो कोहिले पनि आफ्नो छाला चम्किलो र आकर्षक होस् भन्ने चाहन्छन।यसका लागि दैनिक रुपमा नीमको प्रयोग गर्नाले छालामा देखिने अनेकौं समस्याको समाधान गर्ने देखिन्छ। नीमको पत्तालाइ पिसेर पेस्ट बनाई लगाएर १०-१५ मि पश्चात पखाल्नाले अधिक फाइदा मिल्ने देखिन्छ।
दाग धब्बाको लागि
नीम अनुहारमा देखिने कालो दाग धब्बा को लागि बिल्कुलै फाइदाजनक छ। यस्तो दाग अनुहारमा साथै शरीरका अन्य भागमा पनि देखिन सक्छ। यसलाई अलिकति पिठो र अलिकति नीमको पाउडरलाइ कागती पानीमा मिलेर पेस्ट बनाई लगाउनाले छाला संग सम्बधित देखिने हर समस्याबाट छुटकारा पाउन सकिन्छ।
अनावश्यक चाउरीपन हटाउन
नीममा छाला संग सम्बन्धित देखिने अनेक समस्याको समाधान गर्ने बिशेष गुण हुन्छ। यसको उचित प्रयोग गर्नाले छाला संग सम्बन्धित जस्तै कम उमेर मा नै देखिने चाउरीपनालाई जरै देखि हटाउने काम गर्दछ।
ड्राइ स्किनको लागि
नीममा छालामा सुख्खापन संग लड्ने बिसेष क्षमता हुन्छ। यदी नीमको पातलाई पेस्ट बनाई महसंग मिलाई १५ मि पश्चात पखाल्नाले अप्रत्याशित नतिजा पाउन सकिन्छ।