संसारमा तिन प्रकारका मानिस हुने गर्छन् । एक प्रकारको मानिस जो आफ्नो दिनको सुरुवात नै फ्रेस हुने र नुहाउनेबाट गर्छन। दोस्रो व्यक्ति अक्सर एकै दिनमा दुई पटक नुहाउने गर्छन । तेस्रोमा आउने गर्छ हप्तामा एकपटक मात्रै नुहाउने । यदि तपाई पनि यस्तै प्रकारको हुनुहुन्छ र कहिल्यै नुहाउन नपरोस भन्ने सोच्नुहुन्छ भने आजैबाट जानीराखौ धेरै समय ननुहाउदा हुने बेफाइदाहरु:
गन्ध फैलिने: तपाईलाई धेरै पसिना आउदैन भने पनि लामो समयसम्म ननुहाउदा शरीरबाट दुर्गन्ध आउछ।

डेड स्किन: यदि तपाई १ महिना भन्दा बढी अर्थात् १ वर्षसम्म नुहाउनबाट टाढा हुनुभयो भने तपाईको शरीरमा डेड स्किन (मृत छाला) सेल्स बढ्दै जान्छ । यस कारण तपाईको माथिल्लो छाला बाक्लो हुनेछ।

इन्फेक्शनको खतरा: लामो समय समय ननुहाउनु शरीरको लागि खतरनाक साबित हुनसक्छ । जसको कारण कुनै पनि प्रकारको इन्फेक्शन तपाईमा हमला गर्न सक्छ।

अनुहारको सत्यनाश: धेरै समयसम्म ननुहाउदा तपाईको अनुहारमा धेरै मात्रामा तेल निस्कन्छ। जसको कारण तपाईको अनुहार पिम्पल्स र एक्ने भरिनेछ।


