बाठा भए बाँदर, महँगा सामान चिनेर चोर्न थाले !

एजेन्सी – बौद्धिक बाँदरहरूले महँगो चीजहरू चिन्न थालेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन्। खानेकुराहरुसँग साट्नको लागि बाँदरहरुले महँगा सामान चोर्न जानेको अनुसन्धानकर्ताहरुले दावी गरेका हुन्।

बाँदरहरुले मानिसहरुको साथमा हुने ट्याब्लेट, फोन र सनग्लासहरू चोर्न थालेको र त्यसलाई खानेकुरासँग साट्न थालेको अनुसन्धानकर्ताहरुको दावी छ।

अनुसन्धानकर्ताहरुले इन्डोनेसियामा पाइने केहि बाँदर माथि अध्ययन गरेका थिए। जसक्रममा बाँदरहरुले मानिसहरुका सामान खोसेर सामान अनुसारका खानेकुरा माग गर्ने गरेको पाइएको थियो। महँगा सामान फिर्ता पाउन मानिसहरु धेरै खानेकुरा दिन तयार रहने कुरा बाँदरहरुले बुझिसकेको अनुसन्धानकर्ताहरुको भनाई छ।

क्यानाडाको लेथब्रिज विश्वविद्यालय र इन्डोनेसियाको उदयना युनिभर्सिटीका वैज्ञानिकहरूले बाँदरहरु अभूतपूर्व आर्थिक निर्णय प्रक्रियामा रहेको बताएका छन्।

बाँदरहरुमा सामान चिन्ने र त्यसको आर्थिक महत्व बुज्ने क्षमता उमेर बढ्दै जाँदा बढ्ने पाइएको वैज्ञानिकहरू बताउँछन्। उलुवाटु मन्दिरमा बाँदरहरूको अध्ययनपछि अप्रत्याशित निष्कर्ष रोयल सोसाइटी विज्ञान जर्नलमा समेत प्रकाशित गरिएको छ।

अनुसन्धानका लागि वैज्ञानिकहरुले उलुवाटु मन्दिरमा रहने बाँदरहरु माथि क्यामराबाट निगरानी गरेका थिए। जसक्रममा बाँदरहरुले मानिसहरुबाट महँगा सामान खोसेर त्यो फिर्ता दिन धेरै खानेकुरा लिएको पाइएको थियो।

यस्तै सस्ता सामानहरुको हकमा भने बाँदरहरुको फरक व्यवहार पाइएको थियो। बाँदरहरुले सस्ता सामान थोरै खानेकुरा पाउने बितिकै फिर्ता गरेका थिए।

प्रकाशित : शनिबार, माघ ०३, २०७७१४:५६

महिलाका यी बानीले ल्याउन सक्छ सम्बन्धमा फाटो !