“मेस्सी बार्सिलोनामै रहन जे पनि गर्न तयार छन्”

बार्सिलोनाका अध्यक्ष पदका लागि उम्मेदवार जोआन लापोर्टाले मेस्सीको बार्सिलोना मै बस्ने चाहने रहेको बताएका छन्। लापोर्टाका लियोनल मेस्सीले बार्सिलोनामा रहनको लागि आफ्नो शक्तिमा रहेका सबै कुरा गर्नेमा विश्वास छन्।

गत सिजनको अन्त्यमा बार्सिलोना छाड्न कोसिस गरेपनि असफल रहेका मेस्सीको क्लबसँग सम्झौता यहि सिजनको अन्त्यमा समाप्त हुँदैछ। मेस्सीले यसअघि नै सिजनक अन्त्य नभएसम्म आफूले कुनै पनि निर्णय नलिने बताएका छन्। तर बार्सिलोनाको अघ्यक्ष पदका लागि बलियो उम्मेदवार मानिएका लापोर्टा भने मेस्सी बार्सिलोना मै रहनेमा विश्वस्त छन्।

“मेस्सी अब पूर्ण रूपमा ला लिगा जित्न र च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेनलाई हराउने कुरामा केन्द्रित छन्,” लापर्टाले स्पोर्टसँग भनेका छन्। “मैले मेस्सीलाई निकै खुसी देखेको छु, उनी रमाउँदै छन्। मलाई थाहा छ कि उनी बाएसिलोनामै बस्न चाहन्छन् र क्लबले उनलाई सुहाउने प्रस्ताव गर्न सक्यो भने उनी बार्सिलोनामा रहन आफ्नो शक्तिमा रहेका सबै थोक गर्नेछन्।”

उत्कृष्ट लयमा रहेको बार्सिलोनाले आफ्नो अर्को खेल आज राति नेपाली समय अनुसार १:४५ मा स्पेनिस सुपर कप फाइनलमा एथलेटिक बिलबाओसँग खेल्दैछ। चोटका कारण मैदान बाहिर रहेका मेस्सीले उक्त खेल खेल्छन् कि खेल्दैनन् भन्नेमा शंका रहेको छ।

प्रकाशित : आइतबार, माघ ०४, २०७७१८:२२

“रोनाल्डो भन्दा लुकाकु बढी निर्णायक छन्, युभेन्टसले हारेको हेर्न चाहन्छु”