नेयमार र एमबाप्पे पिएसजीमा रहने-नरहने अझै अनिश्चित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) मा स्टारद्वय नेयमार र केलियन एमबाप्पेको सम्झौता एकै पटक सकिनेछ । दुवैको सम्झौता सन् २०२२ को जुन सम्म रहेको छ ।

पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले दुई स्टार नेयमार र एमबाप्पेलाई क्लबमा बस्नकै लागि भिख नमागिने प्रष्ट पारेका छन् । यद्दपी फ्रान्सेली टोलीले उनी दुवै भविष्यमा पनि क्लबमा रहने विश्वास गरेको छ । तर बस्नका लागि थप माग राखेका छन् छैनन् भन्ने विषयमा क्लबले प्रष्ट पारेको छैन ।

‘उनीहरु जस्ता स्तरीय र महत्वकांक्षी खेलाडी सहि ठाँउमा छौं भन्नेमा विश्वस्त छन् । हामी उनीहरुलाई बस्नका लागि भिख माग्ने छैनौं,’ उनले भने, ‘आफ्ना चाहना अनुसारको सम्झौता चाहनु स्वभाविक हो । त्यहि अनुसार क्लबले पनि माग र आशा राख्दछ ।’

उनले खेलाडीहरुलाई क्लब चित्त बुझेको खण्डमा पक्कै बस्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘मलाई लाग्छ उनीहरु भविष्यमा पनि बस्नेछन् । हामी सम्पर्कमा छौं र म विश्वस्त छु । तथापी अहिले सम्म क्लबको अवस्था के हो भन्ने प्रष्ट छैन ।’

पिएसजीको प्राथमिकतामा भने नेयमारको सम्झौता एमबाप्पेको भन्दा अगाडि छ । एमबाप्पलेले नयाँ सम्झौताका लागि खासै रुची नराखेको बताइन्छ । उनी रियल म्याड्रिड जान चाहेको धेरैको अनुमान छ ।

यसबेला एमबाप्पेको भविष्यमा अनिश्चित भएकै कारण पिएसजीले बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीलाई भित्राउन सक्ने सम्भावना रहेको बताएको छ । कुनै पनि क्लबले नेयमार, मेस्सी र एमबाप्पलेलाई एकै पटक आर्थिक कारणले राख्ने सम्भावना भने कम छ ।

प्रकाशित : मङ्गलबार, माघ ०६, २०७७०९:२९

“म्यानचेस्टर युनाइटेडलाई हालाण्डले मात्र उपाधिको दाबेदार बनाउन सक्छन्”