“म्यानचेस्टर युनाइटेडलाई हालाण्डले मात्र उपाधिको दाबेदार बनाउन सक्छन्”

लुक चाड्विकले बोरुसिया डर्डमुण्डका ओन्डर किड एर्लिंग हालाण्ड म्यानचेस्टर युनाइटेडका लागि ड्रिम साइनिंग हुने र हालाण्डले युनाइटेडलाई इंगलिस प्रिमियर लिग उपाधिका लागि दाबेदार बनाउने बताएका छन्।

यो सिजन पनि उपाधि दौडमा रहेको म्यानचेस्टर युनाइटेडलाई अझै पनि धेरैले उपाधि जित्न सक्ने टोलीको रूपमा भने हेरेका छैनन्। १८ खेलपछि लिगको शिर्ष स्थानमा रहेपनि थोरैले मात्र युनाइटेडलाई उपाधिको दाबेदारका रूपमा हेरेका छन्।

क्लबको अग्रपङ्क्तिमा अझै पनि निकै सुधार गर्नु पर्ने देखिन्छ। विशेषगरी, एन्थोनी मार्शियल २० गोल प्रति सिजन फरवार्ड हुन सक्ने क्षमताको बारेमा प्रश्नहरू अझै पनि छन्। हालाण्डले अहिलेसम्म आफ्नो क्यारियरमा देखाएका छन् कि उनी निर्विवाद रूपमा त्यस वर्गमा पर्छन्।

यस्तोमा, पूर्व युनाइटेड खेलाडी चाड्विकलाई म्यानचेस्टर क्लबका लागि ड्रिम साइनिंगको बारेमा प्रश्न गर्दा उनले एर्लिंग हालाण्डको नाम लिए। उनले कटअफसाइडलाई भने,”यदि मैले कसैलाई छनौट गर्न सक्थे भने त्यो बोरुसिया डर्डमुण्डका हालाण्ड हुन्थे।”

“यदि तपाईंले उनले गरेको गोलको मात्रा हेर्नुभयो भने थाहा हुन्छ कि उनी क्लबलाई प्रिमियर लिग उपाधिको होडमा लेराउन सक्छन्,” चाड्विकले भने।

प्रकाशित : मङ्गलबार, माघ ०६, २०७७१६:०४

यसकारण मेस्सीले पाएका थिए बार्सिलोना करियरको पहिलो रातो कार्ड [भिडियो सहित]