यसकारण मेस्सीले पाएका थिए बार्सिलोना करियरको पहिलो रातो कार्ड [भिडियो सहित]

शनिबार राति भएको स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिको बिल्बावोसँगको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोना करियरको पहिलो रातो कार्ड पाएका छन्। बिल्बावोसँग ३ का विरुद्ध २ गोलले हार व्यहोरेको खेलमा मेस्सीले खेलको १२० औं मिनेटमा रातो कार्ड पाएका थिए।

मेस्सीले बार्सिलोनाको खेल जीवनमा रातो कार्ड पाएको यो पहिलो पटक हो। उनले बार्सिलोनाका लागि ७५३ खेल खेलिसकेका छन्। दुई पटक अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो।

अहिले सामाजिक सञ्जालमा मेस्सीको भिडियो भाइरल भइरहेको छ जसको कारण उनले रातो कार्ड पाएका थिए। भिडियोमा मेस्सीले खेलको अतिरिक्त समयको अन्तिम क्षणमा बिलबावोक फारवर्ड भिल्लालिब्रे माथि हातले प्रहार गरेको देख्न सकिन्छ।

हारपछि बार्साका प्रशिक्षकले मेस्सीको पक्षमा बोल्दै मेस्सीले गरेको व्यवहार आफूले बुझ्ने बताएका छन्। “मेस्सीले के गरे भनेर म बुझ्न सक्छु,” कोमनले भने। “उनीहरुले मेस्सीलाई धेरै पटक फल गरे। खुट्टामा बल लिएर ड्रीबल गर्न खोज्दा पटक पटक फल गर्दा यस्तो प्रतिक्रिया आउनु सामान्य हो, तर मैले उक्त घटनालाई फेरी राम्रोसँग हेर्नुपर्छ।”

प्रकाशित : मङ्गलबार, माघ ०६, २०७७२१:२१

मेस्सी माथि पिएसजीको नजर !