जब जंगल सफारीमा हिडेको कारलाई बाघले पछाडी तान्यो, भाइरल भयो भिडियो [भिडियो सहित]

सामाजिक सञ्जालमा आयदिन थुप्रै फोटो वा भिडियो भाइरल भइरहन्छन्। त्यस्तै, भारतको बनेरघाटा राष्ट्रिय निकुञ्जको एक भिडियो धेरै भाइरल भइरहेको छ। उक्त भिडियोमा एक बाघले सफारी गाडीलाई आफ्नो दाँतले पछाडि तानिरहेको देख्न सकिन्छ। भिडियोमा बाघको शक्ति देखेर सबै जना छक्क पर्छन्।

यस भिडियो मोना पटेल नामको ट्वीटर प्रयोगकर्ताद्वारा १५ जनवरीको दिन साझेदारी गरिएको थियो। उक्त भिडियोमा १५ हजार भन्दा बढी भ्यू र हजारौं लाइक आइसकेका छन्। प्राय: जसो मानिस जंगलमा सफारीको समयमा फोटो र भिडियोहरू सामाजिक सञ्जालमा साझा गर्छन्। भाइरल भइरहेको यस भिडियोमा एउटा बाघले आफ्नो बंगारा प्रयोग गरेर पर्यटक चढेको कार पछाडि तान्दै गरेको देख्न सकिन्छ।

बाघ र सफारी कारको यो भिडियो क्लिप १ मिनेट ३० सेकेन्डको छ, जुन अर्को कारमा बसिरहेका पर्यटकले खिचेका हुन्। ट्विटरमा भिडियो साझा गर्दै मोना पटेलले दावी गरे कि यो भिडियो भारतको बैंगलोरमा रहेको नेशनल पार्कको हो। मोना पटेलले यस भिडियो उनको आफ्नो व्हाट्सएपमा पाएकी हुन्।

प्रकाशित : मङ्गलबार, माघ ०६, २०७७२१:२३

एयरफोन लगाएर हिंड्दै थिइन्, एक्कासी यस्तो भयो कि पत्तो नपाउँदै गुमाइन् ज्यान !