काठमाडौँ । सर्प लगायतका अन्य कुनै जनावरहरुले कदमकदाचित डसेको खण्डमा जो कोही पनि तर्सिनु स्वभाविक हो । तर अत्तालीएर मात्रै समस्या सिमाधान हुँदैन । सही समय सही उपचार भए विषालु सर्पले टोकेपनि मानिसको ज्यान बँच्न सक्छ ।
के गर्ने ?
- बिरामीले आत्तीनुको सट्टा शान्त रहनुपर्छ । यदि बिरामी आत्तिएको खण्डमा उसको धड्कनको गती बढी हुन पुग्छ । जसका कारण शरीरमा छिटो रक्त संचार हुन्छ र विष छिटो शरीरभर फैलीन पुग्छ ।
- घाउलाई सफा पानीले सफा गर्नुहोस् । घाउमा पानीको धारा नपारी सफा गरेर कटनले पुछ्नुपर्छ ।
- तुरुन्त एम्बुलेंस बोलाउनुहोस् ।
- एम्बुलेन्स नआउन्जेली घाउ लागेको स्थान भन्दा तलको भागमा कपडाले कसीने गरी बाँधेर छिटो अस्पताल जाने तयारी गर्नुहोस् ।
के नर्गर्ने ?
- गर्मी भयो भनेर घाउमा बरफ लगाउनुहुँदैन ।
- डाक्टर र बिशेषज्ञको सल्लह बिना औषधी प्रयोग गर्दा अर्को समस्या आउन सक्छ ।
- घाउ लागेको हातलाई टाउको भन्दा माथी उठाउनुहुँदैन यस्तो अवस्थामा भुलेर पनि रक्सी पिउनु हुँदैन ।
- रक्सीले विषको मात्रालाई शरीरमा छिटो फैलाउन मद्धत गर्छ । एजेन्सीको सहयोगमा