हिजो बढेको सुनको मूल्य आज पनि बढ्यो ! कति ? हेर्नुहोस् !

काठमाडौँ – बुधबार सुनको मूल्य बढेको छ। माघ लागेपछि केहि दिन घटेको सुनको मूल्य बुधबार बढेको हो। मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ५ सयले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य बढेसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९२ हजार ५ सय कायम भएको छ। यस अगाडी मंगलबार छापावाला सुन ९२ हजारमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार कायम भएको छ। यस अगाडी तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो।

१० ग्राम सुनको मूल्य कति?

नेपाली बजारमा आज १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ५ पर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबारको तुलामा यो ४ सय ३० रुपैंयाले बढी हो। आज १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार ८ सय ७५ छ।

चाँदीको मूल्य

बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैंयाले बढेसँगै चाँदीको मूल्य १ हजार २ सय ६० कायम भएको महासंघले जनातेको छ।

प्रकाशित : बुधबार, माघ ०७, २०७७११:१८

“प्रचण्ड र माधव नेपाललाई जेल हाल्ने ओलीको योजना”