मेस्सी इस्पनियोलसँग अनुबन्ध हुन निकै नजिक थिए

लियोनल मेस्सी पीएसजी जाने चर्चा चलिरहँदा क्लबका प्रशिक्षक माउरीसियो पोचेटिनोले आफू इस्पनियोलको कोच रहँदा लियोनल मेस्सी इस्पनियोलसँग अनुबन्ध हुन निकै नजिक रहेको बताएका छन्।

सिजनको अन्त्यमा मेस्सीले बार्सिलोना छाडेको खण्डमा उनी पीएसजी जाने ठूलो सम्भावना रहेको बताइन्छ। पोचेटिनोसँग मेस्सीको बारेमा प्रश्न गर्दा उनले यसको बारेमा रुचि देखाउँदै मेस्सी टिनएजर हुँदा नै आफूले मेस्सीसँग साथमा काम गर्न चाहेको कुरा बताए।

“मेस्सी पीएसजीमा ? कुनै टिप्पणी छैन। “जब म इस्पानियोल वा साउथह्यामटनमा थिएँ, मेरो सपना क्लबमा सर्वश्रेष्ठ खेलाडीहरू हुन् भन्ने थियो र मेस्सी लोनमा इस्पानियोलसँग अनुबन्ध हुन निकै नजिक थिए,” पूर्व-टोटनह्याम प्र्शिक्षकले मालिकले एल लार्गुइरोलाई भने।

“उक्त सम्झौता राम्रोसँग अगाडि बढेको थियो तर उनले प्रि-सीजनको ट्रोफियो ग्याम्परमा उत्कृष्ट प्रदर्शन गरे र त्यसपछि बार्सिलोनाले उनलाई कतै जान दिएन।”

पोचेटिनोले अहिलेको समयमा भने मेस्सीको बारेमा केहि कुरा गर्न अस्विकार गरे। “मलाई थाहा छ मेस्सीसँग के भइरहेको छ तर अहिले म केहि भन्न चाहन्न,” उनले भने।

प्रकाशित : बुधबार, माघ ०७, २०७७२२:०४

यी हुन् फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडी, रोनाल्डो १० औं स्थानमा !