यी हुन् फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडी, रोनाल्डो १० औं स्थानमा !

पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा युभेन्टसले नापोलीलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जित्न सफल भयो। उक्त गोलसँगै रोनाल्डो फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

गयराति युभेन्टससँग जितेको इटालियन सुपर कपको उपाधि क्रिस्टियानो रोनाल्डोको खेल जीवनको ३३ औं उपाधि थियो। जससँगै उनी फुटबल इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने खेलाडीको सूचीको टप १० मा पर्न सफल भएका छन्।

रोनाल्डोले अहिलेसम्म जितेको अविश्वसनीय ३३ ट्रफीमा उनले स्पोर्टिङ लिस्बनसँग १, म्यानचेस्टर युनाइटेडसँग १०, रियल म्याड्रिडसँग १६, पोर्चुगलसँग २ र युभेन्टससँग ४ उपाधि जितेका छन्।

फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने टप १० खेलाडी 

९= जाभी (३३ उपाधि)

९= क्रिस्टियानो रोनाल्डो (३३ उपाधि)

७= भिटोर बाइया (३४ उपाधि)

७= जेरार्ड पिके (३४ उपाधि)

६. केन्नी डालग्लिस (३५ उपाधि)

४= रायन गिग्स (३६ उपाधि)

४= लियोनल मेस्सी (३६ उपाधि)

२= म्याक्सवेल (३७ उपाधि)

२= आन्द्रेज इनिएस्टा (३७ उपाधि)

१. डानी आल्भेज (४२ उपाधि)

प्रकाशित : बिहिबार, माघ ०८, २०७७२०:४६

पेलेले आफ्नो ‘टिम अफ द इयर’ मा राखेनन् आफ्ना दुई प्रमुख रेकर्ड तोडेका मेस्सी र रोनाल्डोलाई !