शरीरको विकास र मेटाबोलिजममा आयोडिनको अहम भूमिका छ। थायराइड हर्मोन बनाउनको लागि पनि आयोडिनको अत्यन्तै जरुरी हुन्छ। जीवनको हरेक स्तरको आधारमा आयोडिनको जरुरत अलग-अलग हुन्छ। अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार एक वयस्क मानिसलाई हरेक दिन १५० माइक्रोग्राम आयोडिनको जरुरत हुन्छ। गर्भावस्थामा हरेक दिन २२० माइक्रोग्राम आवश्यक पर्छ भने स्तनपानको समयमा महिलालाई दैनिक २९० माइकोग्राम आयोडिनको आवश्यकता हुन्छ।
आयोडिनयुक्त नुनको कारण अहिले आयोडिनको कमी हुने मामिला पहिलेको तुलनामा एकदम काम आउँछ तर पनि मानिस यसको कमीको शिकार हुन्छन्। अमेरिकन थायराइड एसोसिएशनको रिपोर्ट अनुसार दुनियाँभरका लगभग ३० प्रतिशत मानिसमा आयोडिनको कमीको खतरा हुन्छ। यो रिपोर्टले तपाईमा पनि आयोडिनको कमी हुन् सक्ने जोखिम देखाउँछ। जसकारण यसलाई बिल्कुलै नजरअन्दाज गर्नुहुन्न।
गर्दनमा गाँठो पर्नु – थायराइड ग्रन्थी कण्ठमाला -Goiter(घाँटीमा वरिपरि मालाका आकारको गाँठैगाँठा परेर आउने रोग) बढ्नु आयोडिनको कमीको सबैभन्दा पहिलो र स्पष्ट लक्षण हो। अधिकांस प्रोसेस्ड कमर्शियल फूडमा प्रयोग हुने नुनमा आयोडिन हुँदैन। जो मानिस प्रोसेस्ड फूडमा निर्भर रहन्छन् तिनको शरीरमा पर्याप्त मात्रामा आयोडिन हुँदैन।
सुत्ने बेला सास फेर्न गाह्रो हुने – कण्ठमालाको कारण सास लिन र फ्याँक्न कठिनाई महसुस हुन् सक्छ। अमेरिकन थायराइड एसोसिएशनका अनुसार सुत्दा तपाईलाई कसैले घाँटी थिचिरहेको जस्तो महसुस हुन्छ।
थकान महसुस गर्ने – टेक्सास वुमेन्स युनिभर्सिटीमा न्युट्रिशन एण्ड फूड साइन्सका प्रोफेसर डाक्टर न्यान्सी डिमार्कोले ‘द हेल्दी वेबसाइट’ लाई भनिन् कि – ‘आयोडिन, एक आवश्यक सूक्ष्म पोषक तत्व हो, जुन बडीको हरेक टिस्युमा पाइन्छ। थायरोक्सिन र ट्राईआयोडायरोनिन जस्ता थायराइड हर्मोनको उत्पादनमा आयोडिनको अहम भूमिका हुन्छ।’ हाइपोथायरायडिज्ममा थायराइड असामान्य रुपमा निष्क्रिय हुन्छ र यस हर्मोनको कमीको कारण शरीरले सही तरिकाले काम गर्न पाउँदैन। यसको कमीले हरेक समय थकित महसुस हुने, कब्जियत र वजन बढ्ने लगायतका समस्या पनि हुन्छ।
छाला सुख्खा हुने र कपाल झर्ने – आयोडिनको कमीले छाला सुख्खा हुन् लाग्छ, कपाल झर्न लाग्छ र केही मानिसहरुको मांसपेशीमा पनि दर्द हुन् सक्छ। डिमार्कोका अनुसार पुरुषको तुलनामा महिलामा हाइपोथायरायडिज्म आठ गुणा बढी खतरा हुन्छ। महिलामा यो जुनसुकै उमेरमा पनि हुन् सक्छ तर मेनोपजपछि यसको सम्भावना बढी हुन्छ।
काममा अप्ठ्यारो महसुस हुने – ‘एक्सेप्ट द बेस्ट बुक’ का प्रसिद्ध लेखिका एलिजाबेथ वार्ड भन्छिन् – ‘वयस्कमा आयोडिनको कमीको असर मानसिक रुपमा पर्न सक्छ र जसको कारण कार्य क्षमता प्रभावित हुन् सक्छ।’ वार्ड भन्छिन्, ‘यो लक्षण हाइपोथायरायडिज्मको हुन् सक्छ। गर्भवती र स्तनपान गराउने महिलाले आयोडिनयुक्त खाद्यपदार्थ भरपूर मात्रामा खानुपर्छ।’
गर्भावस्थामा समस्या – गर्भावस्थामा शरीरलाइ अरुबेला भन्दा बढी थायराइड हर्मोन जरुरत हुन्छ र यसको लागि पर्याप्त मात्रामा आयोडिनको आवश्यकता हुन्छ। वार्ड भन्छिन्, ‘यो थायराइड हर्मोन मायलिन बनाउँछ जसबाट तन्तु-कोशीकाको रक्षा हुन्छ। गम्भीर आयोडिनको कमी हुँदा गर्भपातको खतरा हुन् सक्छ।’
डिमार्को भन्छिन्, ‘आयोडिनको कमी हुँदा बच्चाको शारीरिक मानसिक विकासमा धेरै असर पर्छ। तिनमा अनेक प्रकारका न्युरोलोजिकल समस्या आउँछ। यसबाहेक आयोडिनको कमी हुँदा बच्चाको ब्रेन ड्यामेज हुने खतरा हुन्छ।’
आयोडिनको कमीको टेस्ट – यदि तपाई आफ्नो आयोडिनको स्तरबारे जान्न चाहनुहुन्छ भने तपाई यसको टेस्ट पनि गर्न सक्नुहुन्छ। त्यसको लागि डाक्टरले तपाईलाई युरिन टेस्ट गर्नको लागि भन्छन् किनकी आयोडिन युरिनको माध्यमबाट शरीरबाट बाहिर निस्किन्छ। युरिन टेस्ट गर्दा थाहा हुन्छ कि तपाईमा आयोडिनको कमी छ या छैन।
आयोडिन युक्त खानेकुरा – आयोडिनयुक्त नुन बाहेक खानपिनका केही चिजहरुले आयोडिन बढाउने काम गर्छ, जस्तै : माछा, दूध, चीज, अन्डा, रोस्टेड आलु, किसमिस, दही र ब्राउन राइस।