गर्भावस्थामा भुलेर पनि खानु हुँदैन यी चीज, आमाका साथै बच्चालाई पनि गर्छ असर !

गर्भावस्थामा खानपानको बारेमा अत्यन्त ध्यान राख्नु पर्छ। गर्भावस्थामा केहि खानेकुरा खान बिल्कुल निषेध गरिन्छ भने केहि चीज सीमित मात्रामा खान सल्लाह दिइन्छ। यी चीजहरूको बारेमा थाहा पाउनुहोस्।

अधिक मर्करी वाला माछा 

मर्करी एक विषाक्त तत्व हो जसलाई सुरक्षित मानिदैन। यो प्रदूषित पानीमा पाइन्छ। अधिक मात्राले स्नायु प्रणाली, प्रतिरक्षा प्रणाली र मिर्गौलालाई बिगार्छ। यसको थोरै मात्राले पनि बच्चाको विकासमा गम्भीर प्रभाव पार्न सक्छ। मर्करी प्रदूषित पानीमा पाइन्छ। त्यसैले ठूला समुद्री माछामा ठूलो मात्रामा मर्करी जम्मा हुन्छ। त्यसकारण, गर्भवती र स्तनपान गर्ने महिलाले मर्करी भएको माछा खानु हुँदैन।

राम्रोसँग नपाकेको वा शेलफिस माछा 

गर्भावस्थामा कहिल्यै पनि शेलफिस वा राम्रोसँग नपाकेको माछा सेवन नगर्नुहोस्। शेलफिस खाँदा थुप्रै प्रकारका भाइरस वा ब्याक्टेरियल संक्रमण हुनसक्छ। यसले हुने वाला बच्चालाई असर गर्नसक्छ। लिस्टेरिया संक्रमण सजिलै गर्भवती महिलाहरूमा देखा पर्नसक्छ। यी ब्याक्टेरियाहरू माटो र दूषित पानी वा बोटहरूमा पाइन्छन्, जुन शेलाफिस माछामा सजिलै पुग्न सक्छ। यो ब्याक्टेरिया प्लेसेन्टा मार्फत बच्चासम्म पुग्न सक्छ। जसकारण गर्भपात वा समयपूर्व डेलिभरी हुन सक्छ।

राम्रोसँग नपाकेको मासु 

अन्डरकुक्ड मासु पनि गर्भवती महिलाहरूको लागि हानिकारक हुन्छ। यो खाँदा धेरै प्रकारका ब्याक्टेरिया संक्रमण हुन सक्छ जस्तै: टोक्सोप्लाज्मा, लिस्टेरिया र साल्मोनेला। यसले गर्भमा रहेको बच्चालाई असर पुर्याउन सक्छ। यसले बच्चालाई गम्भीर न्यूरोलजिक रोग सार्न सक्छ।

काँचो अण्डा 

काँचो अण्डामा साल्मोनेला ब्याक्टेरिया पाइन्छ, जसले ज्वरो, मतली, बान्ता, पेट दुख्ने र पखाला जस्ता समस्या हुनसक्छ। केहि केसहरूमा यो संक्रमणले गर्भाशय ऐंठन उत्पन्न गर्छ, जसले बच्चाको अकाल जन्म हुनसक्छ।

क्याफिन 

धेरै व्यक्तिहरू कफी पिउन मन पराउँछन्, तर गर्भवती महिलाहरूलाई निकै थोरै मात्रामा क्याफिन खाने सल्लाह दिइन्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले दिनमा २०० एमजी भन्दा कम मात्र क्याफिन लिनु पर्छ। क्याफिन शरीरमा धेरै चाँडो घुलेर प्लेसेन्टामा पुग्छ। गर्भमा रहेको बच्चामा मेटाबोलिज्म एन्जाइम हुँदैन, जसको कारणले यसलाई क्षति पुर्‍याउन सकिन्छ। गर्भावस्थामा धेरै क्याफिन लिँदा बच्चाको वजन र वृद्धि रोकिन सक्छ।

जंक फुड 

गर्भावस्थामा बच्चाको विकासको लागि केवल पौष्टिक खाना खानुपर्छ। यस समयमा जंक फुडसँग दूरी बनाउनुहोस्। जंक फुडमा पौष्टिक तत्व हुँदैन र चिनी, फ्याट र क्यालोरी अधिक मात्रामा हुन्छ। जंक फुड खानाले छिटो तौल बढ्छ र यसले प्रसवको समयमा धेरै समस्याहरू निम्त्याउँछ।

 

प्रकाशित : बुधबार, माघ ०७, २०७७२१:४०

सबै महिलाले थाहा पाउनै पर्ने यी ९ कारणले हुनसक्छ अनियमित महिनावारी !