कलियुगमा भैरवको पूजा छ अत्यावश्यक, मिल्नेछ सबै प्रकारका पाप तथा कष्टबात मुक्ति !

कलियुगमा भगवान भैरवको पूजालाई विशेष मानिन्छ। भगवान भैरव शिवका अवतार हुन्। भैरव भगवानकका धेरै रूपको पूजा गरिन्छ। यी सबै स्वरूप मध्य मानिस बटुक भैरवलाई सबैभन्दा बढी पूजा गर्छन् किनकि यसलाई भैरवको सौम्य रूप मानिन्छ। भगवान भैरवको उपासनाले मानिसलाई भय, आशंका र नकारात्मक शक्तिहरूबाट स्वतन्त्रता दिन्छ।

भगवान भैरवको पूजा गर्नु शत्रुको अवरोधबाट छुटकारा पाउन अत्यन्त लाभदायक मानिन्छ। यदि कुण्डलीमा शनि, राहु वा केतुको महादशा छ भने भैरवको ध्यान गर्नाले सबै समस्याहरूबाट छुटकारा पाइन्छ। जान्नुहोस् कुन विधि तथा मन्त्रका साथ भैरवको पूजा गर्नु पर्छ।

अष्ट भैरव 

चन्द भैरव, रुरु भैरव, क्रोध भैरव, मानिकट भैरव, कपाल भैरव, भिष्णा भैरव र सहारा भैरव भगवान भैरवका आठ रूप हुन्। यी आठ नाम याद गर्नाले वा उच्चारण गर्नाले भगवान भैरवले साधकलाई सबै आठै दिशाबाट रक्षा गर्छन्।

भैरवको पूजाको दिन 

भगवान भैरवको पूजा-आराधना त कुनै दिन पनि गर्न सकिन्छ तर उनको पूजाको लागि भैरव अष्टमी, आइतबार, बुधवार र बिहीबार उत्तम मानिन्छ। यी दिनमा गरेको पूजा अत्यन्त फलदायी हुन्छ।

भैरवको साधना गर्ने मन्त्र

कुनै पनि देवीदेवताको पूजाको लागि मन्त्रको विशेष महत्त्व रहन्छ। त्यस्तै, भगवान भैरवको पूजा गर्ने क्रममा पनि मन्त्र जप गर्न सकिन्छ। यी मन्त्रहरूको जप गर्नाले जीवनमा आइपर्ने सबै प्रकारका बाधा वा संकटबाट मुक्त भइनेछ।

ॐ कालभैरवाय नम:।

ॐ भयहरणं च भैरव:।

ॐ भ्रां कालभैरवाय फट्।

ॐ ह्रीं बटुकाय आपदुद्धारणाय कुरू कुरू बटुकाय ह्रींं।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७२०:४४

वार्षिक राशिफल: मेष राशिका मानिसको लागि २०२१ को कुन महिना शुभ रहनेछ ?