हिन्दी सिनेमामा यस्तो कैयौँ अभिनेत्री रहेको छ, जसले आफ्नो प्रेमी अभिनेता नभई बिजनेसम्यानलाई चुने। यी मध्ये कैयौँ अभिनेत्रीले फिल्मबाट दुरी बनाए।
जुही चावला

अभिनेत्री जूही चावलाले आफ्नो चुलबुली अदाबाट वर्षौसम्म राज गरिन्। करियरको उचाईमा रहेर जूही चावलाले १९९५ मा बिजनेसम्यान जय मेहतासँग बिहे गरेकी थिइन्। जूहीले आफ्नो करियरमा कैयौँ हिट फिल्ममा काम गरेकी छन्। १९८४ सालमा मिस इण्डियाको उपाधि जितेपछि उनले अभिनयमा करियर बनाउन सुरु गरेकी थिइन्।
विद्या बालन

बलिउडमा विद्या बालन चर्चित नाम हो। उनको श्रीमान सिद्धार्थ राय कपूर पनि फिल्म प्रोड्यूसर हुन्। २०२२ मा १४ डिसेम्बरको दिन दुवैले निजी तरिकाले बिहे गरेका थिए। सिद्धार्थ फिल्म एन्ड टेलिभिजन प्रोड्यूसर्स गिल्ड अफ इन्डिया लिमिटेडको अध्यक्ष हुन्। साथै उनी म्यानेजिङ डायरेक्टर पनि रहिसकेका छन्। २०१७ सालमा उनले डिजनी छोडे र आफ्नो प्रोडक्शन हाउस कम्पनी ‘राय कपूर फिल्म्स’ सुरु गरे।
आयशा टाकिया

आयशा टाकियाले २००९ सालमा बिजनेसम्यान फरहान आजमीसँग बिहे गरेकी थिइन्। त्यसपछि उनी शाही जीवन बिताईरहेकी छन्। फरहान समाजवादी पार्टी नेता अबू आजमीको छोरा हुन्। आयशाले ४ वर्षको उमेरमा नै मोडलिंग सुरु गरेकी थिइन्। फाल्गुनी पाठकको एल्बमको ‘मेरी चूनर उड उड जाये’ बाट आयशालाई पहिचान मिलेको थियो। आयशा टकियाको पहिलो फिल्म २००४ मा आएको ‘टार्जन द वन्डर कार’ थियो।
शिल्पा शेट्टी

शिल्पा शेट्टी कैयौँ मान्छेको मनपर्ने अभिनेत्री हुन्। उनी आफ्नो फिगर, स्वास्थ्य र योगाको कारण दुनियाँभरमा आफ्नो पहिचान बनाईरहेकी छन्। अक्षय कुमार र सुनील शेट्टीसँग जोडी बनेर कैयौँ सुपरहिट फिल्म दिएकी शिल्पा शेट्टीले रियल लाइफमा एक बिजनेसम्यानसँग बिहे गरेकी थिइन्। शिल्पाले २२ नोभेम्बर २००९ मा बिहे गरेकी थिइन्।
टीना मुनीम

चर्चित अभिनेत्री टीना मुनीम र अनिल अम्बानीको प्रेम कहानी कुनै फिल्मभन्दा कम छैन। एक बिहेमा अनिल अम्बानीले टीनालाई पहिलो पटक देखेका थिए। अनिलले टीनालाई मनपराउन थाले तर अम्बानी परिवार यो बिहेको लागि मन्जुर थिएनन्। अनिल अम्बानीले जिद्दी गरेपछि उनीहरुको १९९१ मा बिहे भएको थियो। टीनाले ३५ भन्दा धेरै बलिउड फिल्ममा काम गरेकी छन्। तर बिहेपछि उनले बलिउड र ग्ल्यामरस लाइफलाई छोडिन्।

