‘द प्याराग्लाइडिंग म्यान’ याद छ ? त्यहि व्यक्ति जसको प्याराग्लाइडिंगको भिडियो इन्टरनेटमा खुब भाइरल भएको थियो। हो, हामी विपिन साहूको बारेमा कुरा गर्दैछौं, जसको प्याराग्लाइडिंगको अनुभव मान्छेहरूका लागि हाँसोको कारण बन्न पुग्यो। “भाई दुई सय बढी लिनु तर बस ल्याण्ड गराइदिनु” सबैलाई याद भएको डाइलग हो। बिपिनले फेरी एक पटक प्याराग्लाइडिंग गरेका छन्। तर यो पटक उनलाई देखेर सबै चकित हुनसक्छन्।
विपिनले यो भिडियो आफ्नो युट्यूब च्यानल ‘द प्याराग्लाइडिंग म्यान’ मा साझा गरेका छन्। उक्त भिडियोको क्याप्शनमा उनले लेखे,”जस्तो कि मैले एमटीभी रोडीजमा भनेको थिएँ, म प्रमाणित गर्छ कि मेरो डर नै मेरो शक्ति हो। मैले प्याराग्लाइडिंग फेरी किन गरे भने म जान्न चाहन्थे कि मलाई मेरो डरले अब कति डराउँछ।”
विपिनको भिडियो फेरि एकपटक सोशल मिडियामा भाइरल भएको छ। यो भिडियो यूट्यूबमा १४ लाख भन्दा बढीले हेरिसकेका छन् भने ११ हजार भन्दा धेरै लाइक छ।