काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली खेमामा नेता तथा अर्थमन्त्री विष्णु पौडेलले संसद विघटन हुँदा आफूलाई अचम्म नलागेको टिप्पणी गरेका छन्। एक निजि अनलाइनलाई अन्तर्वार्ता दिनेक्रममा संसद विघटन भएको विषयले आफूलाई अचाम्म्मित नबनाएको टिप्पणी गरेका हुन्।
पार्टी भित्र चलिरहेको विवाद र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भएको घेरावन्दीले प्रतिनिधि सभा विघटन सम्म हुने तर्फ पूर्वाभास गराएको नेता पौडेलले उक्त अन्तर्वार्तामा बताएका छन्। त्यहि पूर्वाभास भएरै आफूले त्यससमयमा पार्टी एकता जोगाउन मुस्किल पर्दैछ भने फेसबुकमा लेखेको उनको भनाई छ।
“मैले पृष्ठ भागमा जस्ता दृष्य देखिरहेको थिएँ, जस्ता प्रयास भइरहेको देखेको थिए, त्यो परिघटना हेर्दा साथीहरूले प्रतिनिधि सभा विघटनको दिशामा पुर्याउनुहन्छ भन्ने मलाई पूर्वाभास थियो। त्यसो भएर मैले केही समयअघि सार्वजनिक रूपमा एउटा स्टाटस पनि लेखेको थिएँ कि अब पार्टीको एकता जोगाउन मुस्किल पर्दैछ भनेर। यसले गर्दा मलाई अचम्म लागेन। केही साथीहरूका गतिविधि जे-जस्ता भइरहेका थिए ती गतिविधिले मुलुकलाई यहाँ पुर्यार्उँछ भन्ने मैले अनुमान गरेको थिए।’,पौडेलले उक्त अन्तर्वार्तामा भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली त्यसबखत आफैं पनि संसद विघटन गर्नु हुँदैन भन्ने पक्षमा रहेको पौडेलले अन्तर्वार्तामा खुलासा गरेका छन्। यधपी पार्टी भित्रको घेरावन्दीले ओलीलाई कडा कदम चाल्न बाध्य बनाएको उनी बताउँछन्।
अन्तर्वार्तामा पौडेलले भनेका छन्,”प्रधानमन्त्री प्रतिनिधि सभा विघटनको पक्षमा कहिल्यै पनि हुनु हुन्थेन। विघटनका लागि मन्त्रिपरिषदको बैठकमा सिफारिस गर्दा र मन्त्रिपरिषदको बैठकले निर्णय गर्दा उहाँले भारी मनले निर्णय गर्नु परेको थियो।”