“दुई पटक किड्नी फेर्ने म विश्वकै एक्लो प्रधानमन्त्री, अहिले मलाई देखेर देश बिगार्नेहरु भाग्छन्”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिगार्न खोज्ने तत्वहरू आफूसँग डराएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफूसँग डराएर भागीभागी हिँडिरहेका बताएका हुन्।

नेपाल नेत्रहीन संघले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएपछि देश बिगार्न खोज्ने तत्वहरू आफूसँग डराएको बताए।

आफ्नो किड्नी फेल भएर अर्को हालेको र त्यो पनि फेल भएर फेरी अर्को किड्नी हाली आफू बाँचिरहेको पनि ओलीले सुनाए। अहिले नयाँ किड्नीको वैशाखी टेकेर आफू बाँचिरहेको उनको भनाई छ। ओलीले २ पटक किड्नी फेर्ने आफू एक्लो प्रधानमन्त्री भएको पनि बताए। किड्नी फेर्ने कार्य सफल भएपश्चात आफू विरुद्ध धेरै नै षड्यन्त्र भएको उनले सङ्केत गरे।

“म पनि किड्नी फेल भएर अर्को ल्याएको छु । फेरि त्यो किड्नी फेल भयो, नयाँ किड्नीको वैशाखी टेकेर हिँडेको छु । चस्मा लगाइनँ भने पढ्न सक्दिनँ, यो पनि एक किसिमको अपाङ्गता हो। अर्को किड्नी लगाएर पनि बाँच्न सकिन्छ काम गर्न सकिन्छ भन्ने विश्वास हो । सायद विश्व रेकर्ड होला, २ वटा किड्नी फेरेको प्रधानमन्त्री भएको छु । लाठी लिएर हिँडेको छैन, किड्नी फरेपछि देश बिगार्न खोज्ने तत्वहरू भागीभागी हिँडिरहेका छन्, अपाङ्गता अलिकति कम–वेशी हो । अपाङ्ग होइनौ भन्ने ठूला–ठूला व्यक्तिहरू ठूलो अपाङ्ग हुन् ।”,ओलीले भने।

यस्तै ओलीले संसद विघटन र निर्वाचनको विपक्षमा बोल्नेहरुलाई जनविरोधीको संज्ञा पनि दिएका छन्। देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने भन्दै ओलीले प्रश्न समेत गरे।

उनले भने,”प्रतिनिधिसभा विघटन भयो भनेर कराउने ती मान्छे संविधान, लोकतन्त्र, जनविरोधी मान्छेहरू हुन् । देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने ? सांसदहरूले ५ वर्ष नै जागिर खानुपर्ने, यो स्थायी जागिर हो ?”

अरुको इशारामा स्थिरता भत्काएर अस्थिरता निम्ताएपछि ताजा जनादेशमा जानुपरेको ओलीले जिकिर गरे।

प्रकाशित : आइतबार, माघ ११, २०७७१५:५१

स्टार किड भएर पनि सेटमा झाडु लगाउथे ऋतिक रोशन, यति थियो पहिलो पारिश्रमिक!