तपाईंको पनि खुट्टा गनाउने समस्या छ ? त्यसोभए अपनाउनुहोस् यस्ता घरेलु उपाय !

खुट्टा गनाउने समस्या एक आम समस्या हो जसको कारण हामीले धेरै ठाउँमा अप्ठ्यारो महसुस गर्नुपर्न सक्छ। वास्तवमा, यो समस्या सामान्यतया तब हुन्छ जब मानिसहरूले जुत्ता वा मोजा लगाइरहेका हुन्छन्, किनभने यस्तो अवस्थामा जब खुट्टा पसिना आउँछ त्यो राम्रोसँग सुक्न पाउँदैन। खुट्टा गनाउने यो समस्यालाई ब्रोम्हाइड्रोसिस पनि भनिन्छ।

यस्तोमा, केहि घरेलु उपाय छन् जसको प्रयोगले यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

बेकिंग सोडा 

बेकिंग सोडा खुट्टाको गन्ध हटाउनको लागि एक प्रभावी उपाय हो। यसले पसिनाको पीएच सामान्यराख्छ र जीवाणुहरूलाई कम गर्छ। यसको लागि दुई लिटर पानीमा दुई चम्चा बेकिंग सोडा मिक्स गर्नुहोस् र रातमा १५ देखि २० मिनेटको लागि आफ्ना खुट्टाहरू यसमा डुबाउनुहोस्। एक हप्ताको लागि यो उपाय अपनाउनुहोस्। यसो गर्नाले तपाईंको खुट्टा गनाउने समस्या हट्नेछ।

फिटकिरी 

फिटकिरीमा एन्टीसेप्टिक गुणहरु हुन्छन्। त्यसकारण यसले ब्याक्टेरियाहरूलाई बढ्नबाट रोक्छ। यसको लागि तपाईंले एक कप तातो पानीमा एक चम्चा फिटकरी पाउडर मिसाउनुहोस् र उक्त पानीले आफ्नो खुट्टा धुनुहोस्। नियमित रूपमा यो उपाय गर्नाले तपाईंको खुट्टा गनाउने समस्या हट्नेछ।

ल्याभेन्डर  तेल

ल्याभेन्डर तेलमा एन्टि-फंगल गुणहरू हुन्छन्, जुन ब्याक्टेरियाहरूलाई मार्न प्रभावकारी हुन्छ। खुट्टाको गन्ध हटाउन यो धेरै लाभदायक हुन्छ। यसको लागि तपाईले ल्याभेन्डर तेलको केहि थोपाहरू तातो पानीमा मिसाउनुहोस् र त्यसमा आफ्नो खुट्टा १५ देखि २० मिनेटको लागि राख्नुहोस्। यो उपाय केहि दिनको लागि दिनमा दुई पटक गर्नुहोस्। यसो गर्नाले खुट्टा गनाउने समस्याबाट छुटकारा मिल्नेछ।

अदुवा र भेनेगर 

पानीमा सामान्य भेनेगर मिक्स गर्नुहोस् र त्यसमा खुट्टा धुनुहोस् र त्यसपछि अदुवाको रसले खुट्टा रगड्नुहोस्। अब तातो पानीले खुट्टा धुनुहोस्। केहि दिनको लागि यो गर्नुहोस्। यसले खुट्टाको गनाउने समस्यालाई हटाउन सक्छ।

प्रकाशित : आइतबार, माघ ११, २०७७१८:०३

जाडो महिनामा कम पानी पिउँदा हुनसक्छ यस्ता गम्भीर समस्या !