जाडो महिनामा कम पानी पिउँदा हुनसक्छ यस्ता गम्भीर समस्या !

जाडो मौसममा मानिसहरूलाई निकै कम तिर्खा लाग्छ। तर कम तिर्खा लाग्दैमा शरीरलाई पानी चाहिंदैन भन्ने नसोच्नुहोस्। पानीको अभावले हाम्रो शरीर बिस्तारै डिहाइड्रेट हुन थाल्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार डिहाईड्रेसनले शरीरको प्रमुख अंगहरुमा नराम्रो असर पार्छ। जान्नुहोस् डिहाईड्रेसनले हाम्रो स्वास्थ्यमा के-कस्ता असर गर्छ।

डिहाईड्रेसनको कारण इलेक्ट्रोलाइटको स्तर कम हुन्छ, जसले दिमागमा धेरै समस्याहरू निम्त्याउन सक्छ। इलेक्ट्रोलाइट्स पोटाशियम र सोडियम जस्ता खनिज हो जसले कोषहरू बीचको संकेतको रूपमा कार्य गर्छ। यदि तपाईंको इलेक्ट्रोलाइट्स कम छ भने, तिनीहरु कोशिकालाई संकेत पठाउन सक्षम हुँदैनन र यसले मांसपेशीमा तनाव उत्पन्न गर्न सक्छ।

 

जब शरीरमा पानीको अभाव हुन्छ, कोषहरूले हाइपोथालामसलाई संकेत पठाउँछन् जसले भासोप्रेसिन भन्ने हार्मोन विमोचन गर्छ। यसलाई एन्टिडाइरेक्टिक हार्मोन (ADH) पनि भनिन्छ। यो हर्मोनले मिर्गौलालाई रगतबाट कम पानी निकाल्न संकेत गर्छ जसको कारण पिसाब कम, गाढा र गहिरो रंगको निक्लिन्छ। मिर्गौला रगतको मुख्य फिल्टर हो र पर्याप्त तरल पदार्थ बिना मिर्गौलाले शरीरबाट विषहरू हटाउँदैनन्। तपाईंको मिर्गौलाले दिनमा ५५ ग्यालोन तरल पदार्थ बोक्न सक्छ।

ज्यादा समयसम्म प्यास लाग्दा वा थोरै पानीको सेवनले मिर्गौलामा चोट लाग्न सक्छ र तपाईंलाई किडनीको रोग पनि हुन सक्छ। शरीरमा पानीको अभावले पत्थरीको समस्या पनि हुन्छ।

रगत बनाउन शरीरलाई तरल पदार्थको आवश्यक पर्छ। जब शरीरमा तरलताको अभाव हुन्छ, रगतको स्तर पनि कम हुन्छ। शरीरमा उचित रक्तचाप कायम गर्न पर्याप्त तरल पदार्थ आवश्यक हुन्छ। शरीरमा पानीको अभावका कारण हाइपरटेन्सन वा कम रक्तचापको गुनासो हुन सक्छ र यस कारण व्यक्ति बेहोस पनि हुनसक्छ।

पाचन प्रणालीमा समस्या 

पाचन प्रणालीलाई राम्रोसँग काम गर्नको लागि पर्याप्त पानी चाहिन्छ। पर्याप्त पानीको सेवनले शरीरको फोहोर पदार्थ बाहिर आउँछ र पाचन प्रणाली स्वस्थ रहन्छ। शरीरमा तरलताको कमीले शौचमा असर पार्छ।

छालामा असर 

पानीको अभावले छालालाई सोझै असर गर्छ। पानीको अभावका कारण छाला सुख्खा हुन्छ र ओठ फुट्न थाल्छ। राम्रो र स्वस्थ छालाका लागि राम्रो हाइड्रेसन हुनु महत्त्वपूर्ण हुन्छ।

प्रकाशित : सोमबार, माघ १२, २०७७१६:५३

यस्ता गम्भीर समस्याको लागि रामबाण हो आरुबखाडा!