अब क्यान्सर बिरामीको सहारा बन्दै सोनू

बलिउड अभिनेता सोनू सूदले लकडाउनको बेला आवश्यक परेकालाई खुब मद्दत गरे। लकडाउन पछाडि पनि सोनूले आफ्नो परोपकारी कार्यलाई निरन्तरता दिइरहेका छन् र अहिलेसम्म उनी गरिब र बेसहारा जनताको सहारा बनेका छन्। हालैमा सोनूले एक नयाँ पहल सुरु गरेका छन्। यस मार्फत सोनूले अब क्यान्सर बिरामीहरूलाई पनि सहयोग गर्ने भएका छन्।

वास्तवमा अभिनेता सोनू सूद हालसालै डी.के.एम.एस-बी.एम.एस.टी (DKMS-BMST) नामक एक फाउन्डेशनसँग जोडिएका छन्। यो एक गैरसरकारी संस्था हो, जसले ब्लड क्यान्सर, थालासीमिया, एप्लास्टिक एनीमिया जस्ता रोगका बिरामीहरूलाई मद्दत गर्ने काम गर्छ। अब सोनू सूद यस एनजीओमा सामेल भइसकेका छन् र मानिसहरूलाई ब्लड स्टीम सेलहरू दान गर्न जागरुक गराउनेछन्। सोनूले एक भिडियोको माध्यमबाट यो जानकारी दिएका हुन्।

यस भिडियोमा, सोनू भनेका छन्, ‘हाम्रो जीवनमा परिवार सबैभन्दा महत्त्वपूर्ण छ। म आफ्नो परिवारको खुशीको लागि जे पनि गर्न सक्छु। म देशका सबै जनतालाई ब्लड क्यान्सरबाट पीडित बिरामीहरूलाई सहयोग पुर्‍याउन र देशभर रक्तक्षेपणका लागि सहयोग पुर्‍याउन हाम्रो पहलमा सामेल हुन र ब्लड स्टीम सेल दान गर्नका लागि दर्ता गर्न अपिल गर्छ।”

प्रकाशित : सोमबार, माघ १२, २०७७१७:२१

विवाहपछि अरु हिरोइनसँग काम गर्ने छैन वरुण धवन, चर्चामा श्रद्धाको कमेन्ट!