विवाहपछि अरु हिरोइनसँग काम गर्ने छैन वरुण धवन, चर्चामा श्रद्धाको कमेन्ट!

बलिउड अभिनेता वरुण धावन र नताशा दलालको विवाह निकै चर्चामा रह्यो। देशभरका सेलिब्रेटी तथा फ्यानहरुले उनलाई विवाहको शुभकामना दिईरहेका छन्। साउथ एक्ट्रेस श्रद्धा श्रीनाथले पनि वरुण र नताशालाई विवाहको लागि बधाई दिएकी छिन्। मजेदार कुरा यो छ कि श्रद्धाको बधाई दिने तरिका अरु भन्दा केही अलग छ। उनले व्यंग्यात्मक रुपमा वरुण र नताशालाई शुभकामना दिएकी छिन्।

श्रद्धाले लेखेकी छिन् – ‘यस कुराको अफसोस छ कि हामीले उनलाई अब स्क्रिनमा फेरि देख्न पाउनेछैनौँ। यो कुरा स्पष्ट छ कि उनकी पत्नी नताशा तथा नताशाका बुबाआमाले अब वरुणलाई कुनै दोस्रो हिरोइनसँग काम गरेको हेर्न सक्दैनन्। शायद अब उनी मेल ओरिन्टेड फिल्म गर्नेछन्। तर कसरी उनले आफ्नो व्यक्तिगत जीवन र कार्य जीवनलाई सन्तुलित गर्नेछन। उनलाई सम्झिनेछु। फेरी पनि…बधाई वरुण।’

पाकिस्तानकी यस एक्ट्रेसले वरुणलाई दिईन् विवाहको बधाई
श्रद्धा श्रीनाथको यसरी बधाई दिने तरिका केही अनौठो भए पनि मानिसहरुको ध्यान भने एकदमै खिचेको छ।  श्रद्धा भन्दा अगाडी शाहिद कपूरले पनि केही फरक तरिकाले वरुणलाई बधाई दिएका थिए। शाहिद कपूरले कमेन्ट बक्समा लेखेका थिए – दुवै परिवारलाई बधाई र डार्क साइडमा स्वागत छ। शाहिद कपूरको यो कमेन्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। बलिउड, टलिउड लगायत धेरै सेलिब्रेटीले वरुणलाई शुभकामना दिएका छन्। पाकिस्तानी एक्ट्रेस माहिरा खानले पनि वरुणलाई शुभकामना दिएकी छिन्।

श्रद्धा श्रीनाथको कुरा गर्ने  हो भने उनी हालै आर माधवनसँग साउथ मुवी ‘मारा’ मा देखिएकी थिईन्। यस फिल्ममा उनको मिहिनेतले सर्वत्र वाहवाही कमाएको थियो। यो फिल्म ओटिटी प्ल्याटफर्ममा रिलिज गरिएको थियो।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१३:४८

को हुन् नताशा दलाल? जसले ४ पटक रिजेक्ट गरेकी थिइन वरुणको प्रपोज!