काठमाडौँ : गोलभेंडा हाम्रो स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक मानिन्छ। यसको सेवन र प्रयोग सौन्दर्यको लागि पनि एकदमै राम्रो मानिन्छ। रातो पाकेको गोलभेंडाले अनुहारको ट्यानिङ(Tanning) हटाउन सकिन्छ। रातो गोलभेंडामा एन्टिअक्सिडेन्ट(Antioxidant) पाइन्छ जसले अल्ट्रा-भायलेट(Ultraviolet) किरणबाट त्वचालाई सुरक्षित राख्छ।
खानेकुराको स्वाद बढाउने देखि लिएर अनुहारको लागि पनि गोलभेंडा निकै गुणकारी(Tomato Benefits) साबित हुन्छ। तर यदि तपाई गोलभेंडाको प्रयोग बढी गर्नुहुन्छ भने यसका थुप्रै नोक्सान(Tomato Side Effects) पनि छन्। अधिक मात्रामा गोलभेंडा खाँदा यस्ता समस्याहरु भोग्नुपर्नेछ।
दिनहुँ जरुरत भन्दा बढी मात्रामा गोलभेंडा खाँदा किड्नी स्टोन(Kidney Stone) यानी पत्थरी हुन् सक्छ। गोलभेंडामा भरपूर मात्रामा क्याल्सियम(Calcium) र अक्सालेट(Oxalate) हुन्छ, जुन शरीरमा पनि अधिक मात्रामा हुन्छ। यसलाई न सजिलै मेटाबोलाइज(Metabolize) गर्न सकिन्छ न त शरीरबाट निकाल्नै सकिन्छ। फलस्वरूप यी तत्व शरीरमा जम्मा हुन् लाग्छ, जसबाट किड्नीमा स्टोन बन्न लाग्छ।
गोलभेंडामा साल्मोनेला नामक ब्याक्टेरिया हुन्छ। जब यो ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ तब यसको कारण डायरिया(Diarrhoea) पनि हुन् सक्छ।
स्वास्थ्य सम्बन्धी अनेक समस्याबाट बच्नको लागि गोलभेंडा सीमित मात्रामा सेवन गर्नुपर्नेछ। लाइकोपेनोडर्मिया (Lycopenodermia) एक यस्तो समस्या हो, जसमा रगतमा लाइकोपीनको मात्रा बढ्छ। यसले त्वचाको रङ्ग फिक्का या उडेको जस्तो बनाउँछ। लाइकोपीन सामान्यतया: शरीरको लागि राम्रो हुन्छ। तर जब यो जरुरत भन्दा बढी हुन्छ तब लाइकोपेनोडर्मिया (Lycopenodermia) जस्तो समस्या हुन् लाग्छ।
गोलभेंडा दैनिक ७५ मिलिग्राम भन्दा अधिक मात्रामा सेवन गर्नु नोक्सानदायी मानिन्छ। गोलभेंडाको अत्यधिक सेवनले घुँडाको जोर्नी लगायत अन्य हाडजोर्नी दुख्ने समस्या निम्तिन सक्छ। गोलभेंडामा सोलेनिन नामको क्षार पाइन्छ। यो यौगिकले तन्तुमा क्याल्सियमको निर्माण गर्छ, जसले गर्दा हाडजोर्नी दुख्न थाल्छ।