करीनाको व्यापक ट्रोल, भन्न सम्म भने !

एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर यति बेला चर्चामा छिन्। दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी उनका केहि तस्विर सामाजिक संजालमा छाइरहेका छन्।

गर्भावस्थामा योगा गरिरहेका उनका तस्विरहरु सामाजिक संजालमा भाइरल नै छन्। ती तस्विरका कारण करीनाको चर्चा मात्र भएको छैन, ट्रोल पनि भएको छ।

‘बेबी बम्प’ देखाउँदै खिचिएका ती तस्विरहरुलाई धेरैलाई सकारात्मक रुपमा लिए पनि केहिले भने करीनालाई ट्रोल गर्ने माध्यम बनाएका छन्। हुन त पछिल्लो समय उनका पति सैफ अलि खान पनि ट्रोलर्सको निशाना बनिरहेका छन्। जस कारण पनि करीना यस पटक अलि बढी नै ट्रोल भइरहेकी छन्।

भइरहेका छन् यस्ता टिप्पणी

योगा गर्दै गरेका करीनाका तस्विरहरुलाई केहिले देखावटी भनेका छन्। करीनाले योगा गर्दै गरेका तस्विरहरु सार्वजनिक गर्नेक्रममा एक ब्राण्डको विज्ञापन पनि गरेकी थिइन्।

त्यसलाई लिएर केहि सामाजिक संजाल प्रयोगकर्ताले करीनाको थप आलोचना समेत गरेका छन्। आफ्नो गर्भावस्थालाई पैसा कमाउने माध्यम बनाएको केहिको आरोप छ। त्यस्तै ग्रामीण क्षेत्रका महिलाहरुले गर्भावस्थामा समेत गार्हो काम गर्ने गरेको विषय जोडेर पनि करीनाको ट्रोल गरिएको छ।

“ग्रामीण भारतका ६३ प्रतिशत महिला डेलिभरी नहुन्जेल काम गर्न बाध्य छन्। तर, पूर्वनिर्धारित फोटोशुट गरेर बलिउड के बताउन खोजिरहेको छ ? म जान्न चाहन्छु।’,एक सामाजिक संजाल प्रयोग कर्ताले लेखेका छन्।

त्यस्तै अर्का व्यक्ति लेख्छन्,”यो सब नाटक हो। गर्भावस्थामा पनि यिनलाई लाइमलाइट चाहिएको छ।”

तस्विर: सामाजिक संजाल

प्रकाशित : बुधबार, माघ १४, २०७७१६:३३

अर्जुन-मलाइका फेरी भए नराम्रोसँग ट्रोल, फ्यान्सले भने ‘यो जोडीलाई चप्पलले हान्नु पर्छ’