निकै दुखद रह्यो रामायणका यी कलाकारको मृत्यु: एकको त रेलको लिगमा काटिएर भयो निधन !

धारावाहिक रामायणको लोकप्रियता सबैलाई थाहा नै होला। यस धारावाहिकका प्रायः सबै पात्रहरू धेरै लोकप्रिय थिए। यी कलाकारहरु मध्ये अरुण गोविल, सुनील लाहिरी र दीपिका चिखलिया रहेका छन् जसले राम, लक्ष्मण र सीताका पात्रहरुका भूमिका निर्वाह गरेका थिए। यी कलाकारहरु बाहेक पनि अन्य थुप्रै कलाकार छन् जसको अभिनयले यस ऐतिहासिक शोलाई उत्कृष्ट बनाएको छ। यस्तोमा, केहि कलाकारहरुको मृ-त्यु निकै दुखद रह्यो। जान्नुहोस् यी कलाकारको बारेमा….

श्याम सुन्दर कालानी (सुग्रीव)

रामायणमा सुग्रीवको भूमिका खेल्ने अभिनेता श्यामसुन्दर कलानीको गत वर्ष निधन भयो। उनी बिगत लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका थिए।

विजय अरोरा (मेघनाद)

रामानन्द सागरको रामायणमा मेघनादको भूमिका विजय अरोराले निभाएका थिए। २००७ मा पेटको क्यान्सरका कारण ६२ वर्षको उमेरमा उनले संसार छोडे।

मुकेश रावल (विभीषण) 

रामायणमा रावणका भाई विभीषणको पात्र मुकेश रावलले निभाएका थिए। आज पनि मानिसहरू उनको भद्रताले भरिएका दृश्यहरू र श्रीरामलाई बेला बेलामा दिएको सल्लाहले मोहित भएका छन्। उनको निधन धेरै दुःखको रह्यो। उनी २०१६ मा ट्रेनबाट काटिएर दुनियाबाट बिदा भए।

ललिता पवार (मन्थरा)

रानी कैकेयीकी दासी मन्थाराको भूमिका अभिनेत्री ललिता पवारले निभाएकी थिइन्। मन्थाराको जबरदस्त प्रदर्शनले सबैलाई चकित तुल्यायो। ललिता पवार २४ फेब्रुअरी १९९८ मा मौखिक क्यान्सरको कारण यस दुनियाबाट बिदा भईन्।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१७:१९

उमेरले नेटो काटी सक्दा पनि अझै कुमारी नै छन् यी बलिउड अभिनेत्री