उमेरले नेटो काटी सक्दा पनि अझै कुमारी नै छन् यी बलिउड अभिनेत्री

बलिउडमा बिगत केहि वर्षदेखि थुप्रै सेलेब्सको विवाहको लहर चलेको छ। यद्यपि अझै पनि यस्ता धेरै स्टार छन् जसको विवाहको उमेर भइसकेको त छ तर उनीहरूले आफ्नो जीवनसाथी फेला पारेका छैनन्। आज हामी तपाईंलाई बलिउड र टिभीका त्यस्तै अभिनेत्रीहरूको बारेमा बताउन जानेछौं जो ३५ वर्ष नाघिसकेका छन्, तर अझै कुमारी छन्।

तब्बू 

बलिउडकी प्रतिभाशाली अभिनेत्री तब्बूले अझै विवाह गरेकी छैनन्। फिल्म ‘विजयपथ’ बाट फिल्म जगतमा पाइला राखेकी तब्बूले बलिउडमा एकसे एक पात्रको भूमिकामा देखिएकी छिन्। उहाँको नाम एक समय अजय देवगनसँग जोडिएको थियो तर अजय काजोलसँग प्रेममा थिए। त्यसैले उनले काजोललाई विवाह गरे। अहिले तब्बू ४७ वर्षकि भइसकिन तर अविवाहित नै छिन्।

नारगिस फर्क्री 

‘रकस्टार’ फिल्मबाट दर्शकको मन-मुटुमा बस्न सफल नर्गिसले बलिउडमा कम हिटहरू दिएता पनि उनी इन्डस्ट्रीको प्रख्यात नाम हो। नार्गिस अहिले ३८ वर्षकी भईन् तर पनि अहिलेसम्म सिंगल नै छिन्।

शमिता शेट्टी 

शारारा … शारिता बोलको गीतबाट दर्शकलाई मोहित बनाउन सफल शमिता अहिलेसम्म विवाहको बन्धनमा बाँधिएकी छैनन्। उमेरले ४० नाघिसकेकी शमिताले अहिलेसम्म आफूलाई सुहाउने जीवनसाथी फेला पार्न सकेकी छैनन्। उनी ४१ वर्षकि भईन्।

सुष्मिता सेन

पूर्व मिस युनिभर्स र बलिउडको प्रसिद्ध अभिनेत्री सुष्मिता सेनले आफ्नो अभिनयले सबैको मन जितिन्। उनको बलिउड करियर पनि धेरै नै शानदार छ, तर उनले अहिलेसम्म बिहे गरेकी छैनन्। सुष्मिताको नाम धेरै बलिउड कलाकारहरूसँग जोडियो तर उनले विवाह भने अहिलेसम्म गरेकी छैनन्।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१७:३०

रहेनन् ‘शोले’का यी अभिनेता !