श्रद्धा कपूरको विवाहको हल्लाले बजार तातियो ! के हो वास्तविकता ?

एजेन्सी – केहि दिन अगाडी मात्रै बलिउड अभिनेता वरुण धवनले विवाह गरे। धवनले प्रेमिका नताशा दलालसँग विवाह गरेका हुन्। धवनले विवाह गरेसँगै बलिउडका अन्य कलाकारले पनि विवाह गर्ने भन्दै समाचारहरु आउन थालेका छन्।

पछिल्लो केहि समय देखि भारतीय संचार माध्यमहरुमा नायिका श्रद्धा कपूरले पनि विवाह गर्न लागेको समाचार सम्प्रेषित भइरहेका छन्। भारतीय संचार माध्यमहरुका अनुसार श्रद्धा र उनका प्रेमी रोहन श्रेष्ठ बीच छिट्टै विवाह हुन सक्छ।

किन गरियो विवाहको अनुमान ?

वरुण धवनले विवाह गरेपछि सेलिब्रेटी फोटोग्राफर रहेका रोहन श्रेष्ठले इन्स्टाग्राम मार्फत बधाई दिएका थिए। जसपश्चात वरुणले ‘पालो तिम्रो’ भन्दै जवाफ फर्काएका थिए। त्यसलगतै भारतीय संचार माध्यमहरुले रोहन र श्रद्धा बीच छिट्टै विवाह हुन लागेको भन्दै समाचार सम्प्रेषण गरेका थिए।

विवाह बारे श्रद्धा के भन्छिन् ?

आफ्नो विवाह हुन लागेको भन्दै चलेको हल्लालाई श्रद्धाले खारेज गरेकी छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा श्रद्धाले अभिनयलाई प्राथमिकतामा राखिरहेको र तत्काल विवाह गर्ने सोच नरहेको बताएकी हुन्।

अहिलेको समयमा आफू धेरै नै व्यस्त रहेको उनको भनाई छ। करियरलाई नयाँ उचाईमा पुर्याउने मौका रहेका बेला विवाह गर्ने सोच आफ्नो नरहेको उनले स्पष्ट पारिन्। त्यस्तै पिता शक्ति कपूरले पनि करियरमा फोकस गर्न सुझाव दिने गरेको श्रद्धाको भनाई छ। केहि महिना अगाडी शक्ति कपूरले एक अन्तर्वार्ताका क्रममा छोरीको विवाह गर्न हतार नरहेको बताएका थिए।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१२:४१

निकै दुखद रह्यो रामायणका यी कलाकारको मृत्यु: एकको त रेलको लिगमा काटिएर भयो निधन !