किन आउछ सिँगान?

सिँगानलाई सबैले फोहोर पदार्थको रुपमा लिन्छन् । अनि छ्या भन्ने गर्छन् । तर, यो मानिसको स्वास्थ्यका लागि आवश्यक पदार्थ हो भन्नेचाहिँ कमैलाई मात्र थाहा छ । तर सिँगानले फोहोर पदार्थलाई फोक्सोमा छिर्न नदिने देखी नाकलाई सुख्खा रहन नदिने सम्मका काम गर्छ ।

यसले ब्याक्टेरिया, धुलो र अन्य फोहोर पदार्थलाई फोक्सोमा छिर्न दिँदैंन । तपाईलाई थाहा नहुन सक्छ, नाक र घाँटीको ग्रन्थीले दैनिक १.८ लिटर सिंगान उत्पादन गर्छन् । जसले नाकलाई सुख्खा रहन दिँदैंन ।

सिँगान ब्याक्टेरियाका अतिरिक्त धुँवा, भाइरस र अन्य अतिक्रमणकारी तत्वहरुविरुद्ध ढाल हो । रक्षकको रुपमा सिँगानले भूमिका खेल्छ ।

सिँगानको रंग र परिणामले मानिसको स्वास्थ्यलाई प्रतिनिधित्व गर्छ । यो पारदर्शी सेतोदेखि कालो रंगसम्मको हुन्छ । खाएको खाना र बाह्य वातावरणले पनि सिँगानको रंग परिवर्तन गरिदिन सक्छ ।

चिसो लाग्दा या एलर्जी हुँदा सिँगानको परिमाण बढ्छ र नाकबाट निस्कन्छ । यसलाई राइनोरिया भन्ने गरिन्छ । अधिकांश अवस्थामा नाकबाट सिँगान बग्नुलाई सामान्य मानिन्छ । तर, कहिलेकाही यो गम्भीर समस्याको संकेत पनि हुन सक्छ । त्यतातिर पनि ख्याल गर्नु पर्ने हुन्छ ।

किन आउँछ त सिँगान ?

१. नाक र घाँटीमा भाइरल इन्फेक्सन भयो भने रुघा लाग्छ । सोही रुघाका कारण सिँगान बग्छ । यद्यपि चिसोका कारण पनि सिँगान बग्छ ।

२. केही वस्तुको एलर्जीका कारणले पनि सिँगान आउछ । धुलो, रौंजस्ता वस्तुका कारण मानिसलाई एलर्जी हुन सक्छ ।

३. नाकको मार्ग सुन्निएको छ या जलन भएको छ भने बाक्लो सिँगान बन्छ र यो पहेंलो या हरियो पनि हुन सक्छ ।

४. ठेउला हुँदा, गर्भवती हुँदा तथा लागूपदार्थ दुर्व्यसनीमा पनि सिँगान आउने समस्या हुने हुन्छ ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:०८

गर्भावस्थामा महिलाले खानै पर्ने यी चीज, थाहा पाइराख्नुस् !