पायल्सबाट छुटकारा पाउन चाहनु हुन्छ ? हेर्नुहोस् डाक्टरको सुझाव !

नेपालीहरुमा पायल्सको समस्या धेरै नै पाईने गरेको छ । पायल्सलाई हेमोरोइटर्स भन्ने गरिन्छ । पायल्सको उपचारका लागि बिरामीहरु अस्पताल धाउने देखी आयुर्वेदिक औषधी सम्म प्रयोग गरेको पाईन्छ । बिभिन्न तीन चरणमा हुने पायल्सबाट कसरी छुटकारा पाउने भन्ने बारेमा जनरल फिजिसियन डा. लोचन कार्कीले केही सुझाव दिएका छन् ।

–दिसा साह्रो भएको छ वा नियमित दिसा गर्न समस्या भएमा औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ ।

–पायल्स पहिलो अवस्थामा हुँदा त्यस्तो कुनै मेडिकल उपचार गर्नुपर्दैन । सर्जिकल अवस्थामा पनि जानु पर्दैन ।

–यस्तो अवस्थामा रक्तनलीहरू बाहिर निस्किएको हुन्छ । सामान्य अवस्थामै थोरै उपचार गर्दा पनि त्यस्ता रक्तनलीहरू सामान्य अवस्थामा पुग्छन् । इन्जेक्सनका माध्यमबाट पनि यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

–अवस्था जटिल बन्दै गयो र यति गर्दागर्दै पनि त्यस्ता मासु सामान्य अवस्थामा पुग्न सकेनन् भने अप्रेसनको विकल्प हुँदैन । अप्रेसन गरी बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ । नत्र यस्तो मासुले विभिन्न संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ । अप्रेसनपछि पनि सचेत हुन आवश्यक छ । किनभने दिसा–पिसाब गर्दा संक्रमण हुने डरसमेत हुन्छ ।

–जाडोमा अलि बढी पायल्सको समस्या देखिने गर्छ । तर, गर्मी मौसममा संक्रमण दर बढी हुन्छ । जाडोमा पानी कमी भएका कारणले पनि पायल्सको समस्या निम्तिन सक्छ ।

–दिसामा रगत देखा पर्नासाथ चिकित्सककहाँ जानुपर्छ । यस्तो वेला बढी मात्रामा रगत निस्किए रक्तअल्पतासमेत हुन सक्छ ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:१४

खुट्टा खप्ट्याएर नबसेकै राम्रो, बस्दा हुन्छन् यस्ता यी ५ बेफाइदा !