बस स्ट्याण्डले बदलेको थियो ज्याकिको भाग्य, ‘हिरो’ चलचित्रले रातारात बनाएको थियो सुपरस्टार

एजेन्सी – बलिउड अभिनेता ज्याकि श्रफले गत फेब्रुअरी १ मा ६६ औं जन्मदिन मनाए। सन् १९५७ मा जन्मिएका ज्याकि ६६ वर्ष लागिसकेका छन्। उनको जन्म भारतको मुम्बईमा भएको थियो। ज्याकिका पिता गुजराती हुन्। तर, उनकी आमा भने कजाकिस्तानबाट रहेकी छन्।

अहिले भारतीय चलचित्र क्षेत्रकै सबै भन्दा चर्चित अभिनेताको रुपमा रहेका ज्याकिले यो स्थान सम्म आइपुग्नको लागि धेरै नै संघर्ष गर्नुपरेको थियो। आर्थिक समस्यामा बचपन बिताउन बाध्य ज्याकि अहिले भारतीय चलचित्र क्षेत्रकै सफल र धनी कलाकारको रुपमा छन्। ज्याकिले करियर मोडलिङबाट शुरु गरेका थिए।

बस स्ट्याण्डले बदलिएको थियो करियर

मिडिया रिपोर्टका अनुसार ज्याकि पहिला होटलमा शेफको रुपमा कम गर्ने सोचमा थिए। तर, होटल म्यानेजमेन्ट डिग्री नभएका कारण उनले शेफको रुपमा काम गर्न सकेका थिएनन्। उनले एयर इण्डियामा पनि काम गर्ने प्रयास गरेका थिए। त्यहाँ पनि उनको प्रयास सफल हुन सकिरहेको थिएन।

ज्याकिले मिडियाहरुमा दिएको अन्तर्वार्ताका अनुसार उनको करियर एक बस स्ट्याण्डका कारण बदलिएको थियो। एक दिन बस स्ट्याण्डमा बसिरहेका बेला उनलाई कसैले मोडलिङको अफर गरेका थिए। पैसा मिल्ने थाहा पाएपछि तुरुन्तै मोडलिङ गर्न थालेका उनले पछि गएर चलचित्रमा समेत काम गर्ने मौका पाएका थिए।

सुभाष घईका चलचित्रले बनायो सुपरस्टार

देव आनन्दका फिल्महरूमा साना भूमिका निभाएको भएपनि ज्याकिलाई बलिउडमा स्थापित गराउने काम सुभाष घईका चलचित्रहरुले गरेका थिए। घईले ज्याकिलाई धेरै चलचित्रमा मौका दिएका थिए। सुभाष घईको फिल्म हीरो हिट भएपछि उनी एक सुपरस्टार भएका थिए।

ज्याकिले काम गरेका राम लखन, परिंदा, त्रिदेव, कर्मा, सौदागर, खलनायक, त्रिमूर्ति, रंगीला र किंग अंकल जस्ता चलचित्र पनि त्यस समयमा सफल भएका थिए। उनले अहिले सम्म २ सय भन्दा बढी चलचित्रहरुमा काम गरिसकेका छन्।

प्रकाशित : सोमबार, माघ १९, २०७७१२:४३

अनुष्का शर्मा र विराटले शेयर गरे छोरीसंगको पहिलो तस्वीर,राखे यस्तो नाम!