यस्तो सुन्दर तरिकाले गरे मेस्सीले करियरको ५५ औं फ्री-किक गोल, छ साँच्चै नै अतुलनीय [भिडियो सहित]

पछिल्लो केहि हप्ताबाट बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबका लागि उत्कृष्ट लयमा रहेको छन्। उक्त लयलाई निरन्तरता दिँदै मेस्सीले गयराती भएको एथलेटिको बिल्बावो विरुद्धको खेलमा उत्कृष्ट फ्री-किक गोल गर्दै खेलमा गोलको खाता खोले।

यो गोल मेस्सीको बार्सिलोनाका लागि ६५० औं गोल थियो भने आफ्नो खेल जीवनको ५५ औं डायरेक्ट फ्री-किक गोल थियो। उनले बार्सिलोनाका लागि मात्र ४९ फ्री-किक गोल गरिसकेका छन्।

मेस्सीको उत्कृष्ट गोलको मद्दतमा बार्सिलोनाले घरेलु मैदानमा आइतबार राति एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ।

मेस्सीको यो फ्री-किक गोल आफ्नो करियरको ५५ औं थियो। लियोनल मेस्सीको फ्री-किक गोलको तथ्यांक पछिल्ला केहि वर्षमा अतुलनीय भएको स्पष्ट देख्न सकिन्छ। विगत ५ वर्षमा मेस्सीले २१ फ्री-किक गोल गरेका छन्। उनका नजिकका प्रतिद्वन्दी एलेकजेन्डर कोलारोभ र जेम्स वार्ड प्रोसका नाममा ८ फ्री-किक गोल छन्।

यस्तो सुन्दर तरिकाले गरेका थिए मेस्सीले आफ्नो करियरको ५५ औं फ्री-किक गोल।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१७:०३

“रोनाल्डोले अरु खेलाडीले गर्न सक्ने चीज निरन्तर गर्छन् तर मेस्सीले जे गर्छन् त्यो कसैले गर्न सक्दैनन्”