अब ट्राफिक जरिवाना अनलाइनबाट नै तिर्न मिल्ने !

अबबाट ट्राफिक जरिवाना पनि अनलाइन माध्यमबाट नै तिर्न सकिने भएको छ । बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक जरिवाना अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने सेवाको उद्घाटन गर्दै अबबाट अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।

बैंकमा गएर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताएका छन् । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा अनलाइन मर्फत नै भुक्तानी पठाइदिएपछि ट्राफिकले सूचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनको भनाइ थियो ।

विगत लामो समयदेखि अनलाइन सवा प्रदान गर्दै आएको ई-सेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । यसरी ट्राफिक जरिवाना भुक्तानी गर्दा धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

प्रकाशित : बुधबार, माघ २१, २०७७१४:११

यी युवकसंग विवाह गर्दै गायिका अन्जु पन्त, थिए एक वर्षदेखि प्रेममा!