बार्सिलोनासँग लियोनाल मेस्सीको सम्झौता अन्तिम पाँच महिनामा प्रवेश गरिसकेको छ। यस्तोमा फ्रेन्च च्याम्पियन्स पीएसजी मेस्सीलै अनुबन्ध गर्नाको लागि दृढ देखिएको छ। र फ्रान्सेली क्लबले नेइमारको सम्झौता नवीकरण गरेर सायद अर्जेन्टिनी कप्तान्लाई क्लबमा भित्र्याउन अहिलेसम्म सबैभन्दा उल्लेखनीय कदम चालेको छ।
मेस्सी र नेइमारको सम्बन्ध पिच र पिच भन्दा बाहिर पनि निकै राम्रो रहेको छ। र मेस्सी पनि पूर्व बार्सिलोना टिममेटसँग पुनर्मिलन हुन चाहेको चर्चा चलिरहेको छ।
प्रख्यात पत्रकार मार्सेलो बेचेलरले पीएसजी र नेइमार बीच चार वर्षीय सम्झौता नवीकरण गर्न सबै कुरा सहमतीमा पुगिसकेको जानकारी दिएका छन्।
गत सिजनको अन्त्यसम्म पनि बार्सिलोना फर्कन चाहेका नेइमारले केहि समय अघि भने आफू पीएसजी मै निकै खुसी रहेको बताएका थिए। उनले फेरी एकपटक लियोनल मेस्सीसँग एकसाथ खेल्ने सपाना रहेको कुरा पनि व्यक्त गरेका थिए। र अहिले पीएसजी त्यहि दिशामा काम गरिरहेको जस्तो देख्न सकिन्छ।