फुटबलको आधुनिक समयमा रोनाल्डो र मेस्सीपछिका उत्कृष्ट खेलाडी मानिने नेइमार जुनियरले आज आफ्नो २९ औं जन्मदिन मनाउँदै छन्। सन् १९९२ फेरुअरी ५ को दिन ब्राजिलको मोगी डास क्रुस भन्ने ठाउँमा नेइमारको जन्म भएको थियो। २००९ मा सान्तोसका लागि डेब्यु गरेका नेइमारले आफ्नो करियरमा अहिलेसम्म ३ सय भन्दा बढी गोल गरिसकेका छन्।

सान्तोसमा छिटै प्रख्यात भएका नेइमार माथि युरोपका टप क्लबको नजर पर्यो। सन् २०१३ मा उनी स्पेनिस क्लब एफसी बार्सिलोनासँग आवद्द भए। बार्सिलोनामा उनले सम्भवत आफ्नो करियरको अहिलेसम्म कै उत्कृष्ट खेल खेले। लियोनल मेस्सी र लुइस सुवारेजका साथ नेइमारले फुटबल इतिहास कै सबैभन्दा खतरनाक अट्याकिंग लाइन निर्माण गरे।

बार्सिलोंनामा हरेक उपाधि जितेपछि २०१७ मा नेइमार कीर्तिमानी फी २२२ मिलियन डलरमा पिएसजी तर्फ लागे। फ्रेन्च क्यापिटलमा उनले प्राय: समय चोटसँग संघर्ष गरेपनि क्लबका लागी उत्कृष्ट प्रदर्शन गर्दै पहिलो १०० खेलमा ८१ गोल गरेका छन्।

फुटबलका प्रिन्स भनेर चिनिने नेइमारले आज आआफ्नो २९ औं जन्मदिन मनाइ रहँदा उनले आफ्नी खेल जीवनमा गरेको टप ३ गोलका बारेमा जानौं….
३. ब्राजिल भर्सेस जापान, कन्फेडेरेसन कप, २०१३
२. बार्सिलोना भर्सेस भिल्लारियल, २०१५
१. सान्तोस भर्सेस फ्लामेनगो, २०१२

