एसएस राजामौलीले प्रभासको बारेमा भनेका थिए यस्तो कुरा, अहिले सही साबित हुँदै !

एजेन्सी : बलिउड स्टार प्रभासको फ्यानडम पछिल्लो केही वर्षमा दश गुणा बढेको छ र ग्लोबल फ्यानडम पनि कसैको भन्दा कम छैन। यहीँ कारण बाहुबलीले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै रेकर्डहरु कायम गर्यो। अहिले उनीसँग ४ प्यान-इन्डिया प्रोजेक्ट्स छन् र यी सबै उनको मेहनत र प्रतिबद्धताको फल हो।

‘बाहुबली’ फिल्म निर्देशनको क्रममा एसएस राजामौलीले प्रभासको लगनशीलता देखेर गरेको एक कमेन्ट आज पनि सही साबित भईरहेको छ। एसएस राजामौलीले प्रभासको बारेमा एक कमेन्ट गर्दै भनेका थिए कि प्रभाससँग लगातार तीन हिट फिल्म थियो र निर्माता मोटो रकम लिएर उनको पछाडी लागेका थिए तर उनले केवल बाहुबलीमा मात्र ध्यान केन्द्रित गरे।

यहाँबाट थाहा हुन्छ कि प्रभास आफ्नो कामको लागि कति प्रतिबद्ध थिए। परिणामस्वरूप यो फिल्म भारतीय सिनेमा इतिहासको सबैभन्दा हिट फिल्म बन्न सफल भयो। अभिनेता प्रभासलाई मात्र थाहा छ कि उनले कसरी ४-५ वर्ष बाहुबलीमा ध्यान केन्द्रित गरे र अरु अफर्सलाई अस्वीकार गरे। यसले उनको कामप्रतिको लगाव देखाउँछ।

प्रभासले आफ्नो भूमिकाको लागि दिलोज्यान दिएर मिहिनेत गरेका थिए। जब सम्म ऐतिहासिक फिल्म बनेन तब सम्म उनले अरु कुनै नयाँ फिल्मको अफर लिएनन्।  अहिले पनि ४ प्यान-इन्डिया फिल्म फाइनल गरेपछि उनलाई फिल्मको अफर्स आउन कम भएको छैन।

बलिउड इन्डस्ट्रीको ब्यांकेबल नाम प्रभास लकडाउनको समयमा पनि निकै व्यस्त थिए। किनकी उनी प्रस्तावित विभिन्न फिल्मका स्क्रिप्ट पढिरहेका थिए। उनले फिल्मको ब्याक टु ब्याक घोषणा गरेपछि उनका प्रशंसकहरु निकै प्रफुल्लित भएका छन्।

प्रकाशित : शनिबार, माघ २४, २०७७१६:४१

यी अभिनेत्री बनिन् भारतकै सेक्सी अभिनेत्री ! को कति नम्वरमा परे ? [सूची सहित]