लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डो ?
यो प्रश्न गत दशक देखि फुटबल जगतमा चल्दै आएको प्रश्न हो। रोनाल्डो ३६ वर्ष र मेस्सी ३३ वर्षको उमेरमा पनि यी दुई सुपरस्टारलाई सधैं नै विश्व कै सर्वोत्कृष्ट खेलाडी मानिन्छ। फेरी एक पटक यो प्रश्नको बारेमा छलफल गरौँ।
मार्काले फुटबलका ५० ठूला हस्तीहरुले यस प्रश्नमा दिएको उत्तर संकलन गरेको छ। हेर्नुहोस् फुटबलका ५० ठूला खेलाडीले कसलाई उत्कृष्ट सोच्छन् त, मेस्सी वा रोनाल्डो ?
पेले- रोनाल्डो
“आज क्रिस्टियानो विश्वको सर्वश्रेष्ठ खेलाडी हो। तर हामीले यो विषयमा मेस्सीलाई पनि भुल्नु हुन्न।”
ग्यारी लिनेकर- मेस्सी
“म रोनाल्डोको पनि ठूलो प्रशंसक हुँ, तर यदि तपाईं फुटबल इतिहास कै सबैभन्दा महान खेलाडीको बारेमा कुरा गर्दै हुनुहुन्छ भने, त्यहाँ कुनै बहस हुनै सक्दैन।”
फ्रान्सेसको टोटी- मेस्सी
“मेस्सी नम्बर एक हो … क्रिस्टियानो भनेर नभन्नुहोस्!”
आर्थुर मेलो- रोनाल्डो
“मेस्सी र क्रिस्टियानो रोनाल्डो दुई उत्कृष्ट लिडर हुन् तर म क्रिस्टियानोलाई छान्छु।”
जर्गन क्लप
“मेस्सी वा क्रिस्टियानो? लियो।”
रोनाल्डो नाजारियो- मेस्सी
“मसँग थुप्रै पैसा भएको भए दुबैलाई साइन गर्थे। मलाई दुबै मन पर्छ, तर मलाई मेस्सी धेरै मन पर्छ।”
जेरोम बोटेंग- मेस्सी
“मेस्सीलाई एक्लै रोक्न असम्भव छ। रोनाल्डोलाई कहिलेकहीं सकिन्छ।”
वाएन रुनी- मेस्सी
“क्रिस्टियानोसँगको मेरो मित्रताको बाबजुद म मेस्सी उत्कृष्ट भन्छु।”
मेसुट ओजिल- रोनाल्डो
“मेस्सीले आफू स्पेनमा सर्वश्रेष्ठ भनेर साबित गरे तर क्रिस्टियानो आफूले खेलेका हरेक देशमा सर्वश्रेष्ठ थिए।”
एन्गोलो कान्ते- मेस्सी
“मेस्सी वा रोनाल्डो? मेस्सी।
पाओलो माल्दिनी- मेस्सी
“मलाई मेस्सी र रोनाल्डोको बारेमा राम्ररी थाहा छ। तिनीहरू यस्ता दुई खेलाडीहरू हुन् जसले दश वर्ष लगातार ब्यालुन डी ओर जितेका छन्। मेरो विचारमा, मेस्सी रोनाल्डो भन्दा माथि छन् । ”
योहान क्रुएफ- मेस्सी
“म सँधै प्राविधिक खेलाडीहरू मन पराउँछु किनभने म पनि त्यस्तै थिए। क्रिस्टियानो एक राम्रो खेलाडी हो तर उनी एक स्कोरर मात्र हुन्।”
किलियन एम्बाप्पे- रोनाल्डो
“म क्रिस्टियानो रोनाल्डोको करियरबाट प्रेरित छु।”
कोके- मेस्सी
“क्रिस्टियानो एक उत्कृष्ट खेलाडी हुन् तर मेस्सी गड हो।”
बुफोन- मेस्सी
“मेस्सी एक पूर्ण खेलाडी हो किनकि उनीसँग उच्च प्राविधिक गुण छ।”
ज्लाटान इब्राहिमोभिक- मेस्सी
“म मेस्सीसँग खेलेको छु र उसलाई हरेक दिन देखेको छु र मैले क्रिस्टियानोको पनि सामना गरेको छु। मेरो लागि, क्रिस्टियानो एक मेसिन हो जब गोल गर्ने कुरा आउँछ। तर मेस्सी पूर्ण खेलाडी हुन्।”
फ्रान्क लाम्पार्ड- मेस्सी
“यो एक डरलाग्दो प्रश्न हो, तर म मेस्सीमा शर्त लगाउँछु। म मेस्सीलाई उनको शुद्ध र प्राकृतिक प्रतिभाको लागि छान्छु, तर रोनाल्डोले जे गरिरहेका छन् त्यो पनि अविश्वसनीय छ।”
डिएगो म्याराडोना- मेस्सी
“मेस्सी वा रोनाल्डो? मेस्सी।
ग्यारियल हेन्जी- रोनाल्डो
“यी दुई बीच एकलाई छान्नु पर्यो भने मा रोनाल्डो रोज्छु। किनकि उनले मलाई देखाएका छन् कि उनी विश्व कै उत्कृष्ट हुन्।”
आर्दा टुरान- मेस्सी
“मेस्सी फुटबलको हरेक पल मा उपस्थित हुन्छन्। उनले खेलको हरेक पक्षमा बेस्ट दिन सक्छन्। रोनाल्डोको बारेमा कुनै खराब कुरा भन्नुपर्ने छैन, तर उनी स्कोरर मात्र हुन्।”
पौल स्कोल्स- मेस्सी
“टोटेनहम विरुद्ध(२०१८/१९ च्याम्पियन्स लिग) मेस्सीलाई देख्दा मलाई मेस्सी / क्रिस्टियानो बहसको बारेमा फेरि सोच्न बाध्य पार्यो। उत्कृष्ट हो हो? मेस्सी। तर रोनाल्डो पनि निकै राम्रो खेलाडी हुन्।”
गुटि- मेस्सी
“मैले पहिले भनेको कुरा दोहोर्याउन मात्र सक्छु र त्यो हो मेस्सी यस समयमा विश्वको सर्वश्रेष्ठ खेलाडी हुन्। यो स्वीकार्न दुख् लाग्छ, तर यो सरल सत्य हो।”
फेडे भाल्भडे- रोनाल्डो
“उनीहरू विश्वकै दुई उत्कृष्ट खेलाडी हुन् तर म सँधै क्रिस्टियानो रोनाल्डोको पक्षमा छु।”
कार्लोस टेभेज- मेस्सी
“मेस्सीलाई एक घण्टा पहिले जिममा जान वा ड्रिबल गर्न ट्रेनिंग गर्न आवश्यक थिएन, क्रिस्टियानोले यसो गर्थे।”
रायन गिग्स- मेस्सी
“एक वा अर्को बीच छनौट गर्न धेरै गाह्रो छ। म क्रिस्टियानो भन्न चाहन्छु किनकि स्पष्टतः मैले उनीसँग खेलेँ र एक फुटबलरको रूपमा उनको विकास देखें तर मेस्सी जिनियस छन्। मेस्सी यस्तो खेलाडी हो जुन तपाईले आफ्नो जीवनमा एकचोटि मात्र देख्नुहुनेछ।”
जाभियर हर्नानडेज- रोनाल्डो
“क्रिस्टियानो संसारकै सर्वोत्कृष्ट हुन्। त्यसपछि मेस्सी आउँछन्।”
इएगो सिमिओनी- मेस्सी
“यदि मैले मेस्सी वा रोनाल्डो बिच छनौट गर्नुपर्छ भने म मेस्सी छनौट गर्छु। यसलाई मलाई कुनै शंका छैन।”
स्टेभेन जेरार्ड- मेस्सी
“आजको समयमा मेस्सी र रोनाल्डो बाँकी सबैभन्दा अलग स्तरमा छन्। तर रोनाल्डो मेरो टिममा पर्दैनन्।”
मार्को भान बास्टेन- मेस्सी
“क्रिस्टियानो एक महान खेलाडी हुन्, तर जसले रोनाल्डोलाई मेस्सी भन्दा राम्रो भन्छन् उनीहरुलाई फुटबलको बारेमा केही थाहा छैन।”
फ्याबियो कपेलो- मेस्सी
“रोनाल्डो एक असाधारण फुटबलर हो, तर मेस्सी जिनियस छन्।”
ग्यारेथ बेल- रोनाल्डो
“क्रिस्टियानो रोनाल्डो हरेक हप्ता उनी मेस्सीभन्दा माथि रहेको देखाउँछन्।”
रिभाल्डो- मेस्सी
“मेस्सी रोनाल्डो भन्दा अधिक प्राविधिक खेलाडी हुन्। म मेस्सीको खेल हेर्न मन पराउँछु, तर क्रिस्टियानो इतिहासका सर्वश्रेष्ठ पाँचमध्ये एक हुन्।”
प्रेड्राग मेजाटोभिक- रोनाल्डो
“यी दुई फरक खेलाडी हुन्। खेल्ने शैली फरक छ। तर मेरो लागि क्रिस्टियानो मेस्सीभन्दा उत्कृष्ट छन्।”
एडेन हाजार्ड- मेस्सी
“फुटबलमा दुई ‘गोट’ छैनन्। एक मात्र ‘गोट’ छन्: मेस्सी।”
काका- रोनाल्डो
“संसारमा सब भन्दा राम्रो को हो भन्ने सापेक्षिक कुरा हो। यो सामूहिक कुरामा धेरै निर्भर हुन्छ। म मेस्सी र क्रिस्टियानोलाई संसारको सर्वश्रेष्ठमा राख्छु। तर आधुनिक फुटबलको लागि रोनाल्डो अझ पूर्ण छन्।”
केभिन डी ब्रुएन- मेस्सी
“मेस्सी वा रोनाल्डो? मेस्सी।
सर एलेक्स फर्गुसन- रोनाल्डो
“मेस्सी बार्सिलोना टाइपको खेलाडी हुन्। रोनाल्डो जहाँ गएपनि सफल हुन्छन्।”
मार्कस र्यासफर्ड- रोनाल्डो
“म एक ठूलो क्रिस्टियानो रोनाल्डो फ्यान हुँ।”
माथाइज डी लिक्ट- मेस्सी
“मेस्सी वा रोनाल्डो? मेस्सी।
इकार क्यासिलास- रोनाल्डो
“मलाई कुनै शंका छैन, क्रिस्टियानो रोनाल्डो मेरो लागि संसारकै सर्वश्रेष्ठ हो।”
इल्काइ गुन्डुवान- मेस्सी
“मेस्सी वा रोनाल्डो? मेस्सी।
राफएल भान डर भाट- रोनाल्डो
“रोनाल्डो र लियो जस्तो अरु कोही छैन। तर यी दुई बीच म रोनाल्डोलाई रोज्छु।”
मार्को भेराटी- मेस्सी
“मैले रोनाल्डो जस्ता महान खेलाडी विरुद्ध खेलेको छु, तर मलाई मेस्सी मन पर्छ।”
भिसेन्ट डेल बोस्क- मेस्सी
“मेस्सी संसार कै सर्वोत्कृष्ट खेलाडी हुन्।”
मार्टिन ओडेगार्ड- रोनाल्डो
“म मेस्सी भन्दा अघि रोनाल्डोलाई रोज्छु।”
थियागो सिल्भा- मेस्सी
“मैले रोनाल्डिन्हो, रोनाल्डो, एड्रानियो जस्ता खेलाडी देखेको छु … तर मेस्सीजस्तो अरू कोही छैन।”
पाउलो फुट्रे- रोनाल्डो
“क्रिस्टियानो रोनाल्डोभन्दा राम्रो फुटबलर संसारमा छैन।”
रोमेलु लुकाकु- रोनाल्डो
“मेस्सी वा क्रिस्टियानो? हे भगवान … क्रिस्टियानो रोनाल्डो। ”
डेभिड बेक्याम- मेस्सी
“मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी हो। यो असम्भव छ कि उनी जस्ता खेलाडी अरु पनि छन्।”
रोनाल्डिन्हो- मेस्सी
“म उनीसँग अझ धेरै खेल्न चाहन्थें। मैले उनीसँग पर्याप्त समय बिताउन सकिन, उनी निकै जवान थिए। तर आज उनी संसार कै उत्कृष्ट हुन्। यसमा कुनै शंका छैन।”
गणितका अनुसार ३३-१७ का साथ मेस्सी अघि देखिन्छन्।