दुई दिन लगातार घटेपछि फेरी बढ्यो सुनको मूल्य !

काठमाडौँ – मंगलबार सुनको मूल्य केहि बढेको छ। सोमबार घटेको सुनको मूल्य आज बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सयले बढेको छ।

यस अगाडी सुनको मूल्य आइतबार र सोमबार लगातार दुई दिन घटेको थियो। सुनको मूल्य आइतबार तोलामा ६ सय र सोमबार २ सय रुपैंयाले घटेको थियो।

मंगलबारको वृद्धिसँगै छापावाला सुनको मूल्य ९१ हजार ९ सय र तेजाबी सुनको मूल्य ९१ हजार ४ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार ६ सय र सोमबार ९० हजार ४ सय रुपैंयाले कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९० हजार १ सय ५० र सोमबार ८९ हजार ९ सय ५० रुपैंयामा कारोबार भएको थियो।

चाँदीको मूल्य


मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज तोलामा २५ रुपैंयाले बढेको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय ४० कायम भएको छ।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७११:१४

दुई दिन स्थिर रहेको सुनको मूल्य आज घट्यो, कति ?