दुई दिन स्थिर रहेको सुनको मूल्य आज घट्यो, कति ?

काठमाडौँ – मंगलवार र बुधबार स्थिर रहेको सुनको मूल्यमा बिहिबार भने केहि गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार स्थिर रहेको सुनको भाउ आज भने ४ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाले घटेसँगै छापावाला सुनको मूल्य ९१ हजार ५ सय काम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाले घटेको छ। जसपश्चात तेजाबी सुनको मूल्य ९१ हजार कायम भएको छ।

त्यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा २५ रुपैंया घटेसँगै चाँदीको मूल्य १ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ।

प्रकाशित : बिहिबार, माघ २९, २०७७११:४३

दोहोरो अंकले घट्यो नेप्से !