दोहोरो अंकले घट्यो नेप्से !

साताको अन्तिम कारोबार हुने दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ। सेयर बजार मापन गर्ने नेप्से परिसुचक १६ दशमलव ११ अंकले घटेर २५२६.९२ बिन्दुमा पुगेको हो ।

बैंकिङ समूह, विकास बैंक र म्युचुअल फन्ड बाहेक सबै समूहका परिसुचक घटेपछि नेप्से घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १ दशमलव ६६ अंकले गिरावट आएको छ । बुधबारको तुलनामा कारोबारमा भने वृद्धि भएको छ । बिहिबार कारोबार रकम करिब साढे ८ अर्ब पुगेको छ । आज ७२ हजार ७ सय ३७ पटकको कारोबारमा १ करोड ६० लाख कित्ता बराबर सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी गिरावट माइक्रोफाइनान्स र होटल समहूका परिसुचकमा देखिएको छ भने माइक्रो फाइनान्स समूहको परिसुचक २ दशमलव ८८ प्रतिशतले घटेको छ । होटल समूहमा पनि २ दशमलव ०१ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, समग्रमा बजार घट्दा पनि सेयर बजारमा कारोबार हुने १३ समूहहरु मध्ये बैंकिङ, विकास र म्चुअल फण्ड समूहको सबइन्डेक्स भने बढेको छ । चन्द्रागिरीको हिल्सको सेयर मूल्य ५.०३ प्रतिशत भन्दाधेरैले बढ्दा लुम्बिनी विकास बैंकको सेयर मूल्य ४ अंकले बढेको छ भने ज्योति विकास बैंक ३.९८ प्रतिशतले बढेको छ ।

प्रकाशित : बिहिबार, माघ २९, २०७७१५:५३

आज माघ महिनाको अन्तिम दिन, घट्यो सुनको मूल्य !