आज माघ महिनाको अन्तिम दिन, घट्यो सुनको मूल्य !

काठमाडौँ – बिहिबार घटेको सुनको मूल्य शुक्रबार पनि घटेको छ। मंगलबार र बुधबार स्थिर रही बिहिबार घटेको सुनको मूल्य शुक्रबार पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ६ सयले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको मूल्य ९० हजार ४ सय कायम भएको छ।

यस हप्ता सुनको मूल्यमा उतारचढाव

सुनको मूल्य आइतबार ६ सयले बढेको थियो भने सोमबार आइतबारको तुलनामा २ सयले घटेको थियो। मंगलबार एकै दिन १५ सयले बढेपनि सुनको मूल्य बुधबार भने स्थित रहेको थियो। त्यस्तै बिहिबार सुनको मूल्य ४ सयले घटेको थियो।

यस हप्ता सुनको मूल्य

यस हप्ता सुनको मूल्य बढीमा ९१ हजार ९ सय देखि कममा ९० हजार ४ सय सम्ममा कारोबार भयो। सुनको मूल्य आइतबार ९० हजार ६ सय, सोमबार ९० हजार ४ सय, मंगलबार-बुधबार ९१ हजार ९ सय र बिहिबार ९१ हजार ५ सय थियो।

चाँदीको मूल्य

शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैंयाले बढेको छ। जससँगै चाँदीको मूल्य १ हजार ३ सय २० कायम भएको छ।

प्रकाशित : शुक्रबार, माघ ३०, २०७७११:२०

हिजो घटेको सुनको मूल्य आज पनि घट्यो !