दाजुको निधन भएको एक वर्ष पनि नबित्दै अस्ताए ऋषि कपूरका भाइ राजीव कपूर !

एजेन्सी – बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन भएको छ। ऋषि कपूरको निधन भएको एक वर्ष पनि नबित्दै उनका भाइ राजीव कपूरको पनि निधन भएको हो। ऋषि कपूरको २०२० को अप्रिल ३० मा निधन भएको थियो । उनको निधन भएको १० महिना समेत पुगेको छैन।

कपूरको मंगलबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। राजीवको निधन हृदयाघघातका कारण भएको बताइएको छ। कपूरको निधन भएको दाजु रणधीरले पुष्टि गरेका छन्।

राजीवलाई हृदयाघघात भएपछि उनका दाजु रणधीरले उनलाई चेम्बुरको इनलक्स अस्पताल पुर्याएका थिए। तर, डाक्टरले अस्पतालमा उनलाई मृत घोषित गरेका थिए। भाइको निधन भएपछि रणधीरले डाक्टरहरुले उनलाई बचाउन पूरा कोसिस गरेपनि सफल हुन नसकेको जानकारी गराएका छन्।

https://www.instagram.com/p/CLEE5tJgt25/

ऋषि कपूरकी श्रीमती नीतू कपूरले पनि राजीवको निधन भएको पुष्टि गरेकी छन्। सामाजिक संजाल मार्फत नीतूले राजीवको निधन प्रति दुख व्यक्त गर्दै स्वर्गमा वास होस् भनि कामना गरेकी छन्।

राजीव एक अभिनेता मात्र नभई निर्देशक र निर्माता पनि थिए। नले १९८३ मा रिलीज भएको फिल्म एक जान है हमबाट अभिनेताको रुपमा बलिउडमा पाइला टेकेका थिए।

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७१४:४२

काठमाडौँ प्रवेश गरेलगत्तै रामकुमारी झाँक्री पक्राउ गर्न गृहको कडा उर्दी