काठमाडौँ प्रवेश गरेलगत्तै रामकुमारी झाँक्री पक्राउ गर्न गृहको कडा उर्दी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएकी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको आरोपमा पक्राउ गर्न लागिएको प्रहरी उच्च श्रोतले दावी गरेको विभिन्न संचार माध्यमहरुले जनाएका छन्।

उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी रहेको छ । झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रालयबाटै प्रहरीलाई निर्देशन भएको बताइएको छ।

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपश्चात झाँक्री राष्ट्रपति विरुद्ध कडा रुपमा प्रस्तुत हुने गरेकी छन्। केहि समय अगाडी उनले झाँक्रीले भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन्। झाँक्रीले मदन भण्डारीको अवशान पश्चात राष्ट्रपति भण्डारीले सेतो सारी ओढेर राजनीतिक फाइदा लिएको आरोप समेत लगाएकी थिइन्।

अखिल नेपाल महिला सङ्घका नेत्रीहरुबाट गृह मन्त्रालयमा आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै । तस्बिरःसुशील दर्नाल÷ रासस

झाँक्रीको त्यस्तो अभिव्यक्ति पश्चात अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएर कारवाही गर्न माग गरेको थियो।

त्यसक्रममा गृहमन्त्रीले राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक रहेको भन्दै छनबिन गरेर कारवाही गर्ने बताएका थिए।

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारवाही गर्ने गृहमन्त्रीको घोषणा !

झाँक्रीलाई उषाकिरणको प्रश्नै-प्रश्न – ‘मेरी आमाको रातो सारी र हाम्रो बाल्यकाल फिर्ता ल्याइदिन सक्नुहुन्छ ?

ओली माथि झाँक्रीको प्रहार – “कमेडीले देश चल्दैन”

प्रकाशित : मङ्गलबार, माघ २७, २०७७१५:१६

उत्तराखण्डको बाढीमा ११ नेपाली बेपत्ता !