प्रचण्ड-नेपालको ड्रोन दुर्घटनाग्रस्त, भिडमा खसेर बेपत्ता !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोधसभामा एक ड्रोन दुर्घटनाग्रस्त भएको छ।

विरोधसभाको भिडियो तथा तस्विर खिच्न नकपाले प्रयोग गरेको ड्रोन दुर्घटनाग्रस्त भएर ड्रोन क्यामेरा भिडमा खसेको हो। भिडमा खसेको उक्त ड्रोन हराएको बताइएको छ।

विरोधसभाकै बीच ड्रोन खसेर हराएपछि कार्यक्रम सञ्चालक लिलामणि पोखरेलले ड्रोन हराइरहेको जानकारी आएकोले सुरक्षित राखिदिन आग्रह गरेका थिए।

उनले भनेका थिए,”हाम्रो पार्टीले ड्रोन सञ्चालन गरेको थियो। यहाँ कहाँ खस्यो भन्ने जानकारी प्राप्त भएको छ, त्यसले सुरक्षित राखिदिन अनुरोध गर्दछु।”

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आयोजना गरेको विरोध सभा काठमाडौँमा भइरहेको छ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित सभालाई अहिले नेताहरुले सम्बोधन गरिरहेका छन्। विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो। विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट निक्लिएका जुलुस भृकुटीमण्डप आइपुगेपछि अहिले नेताहरुले सम्बोधन गरिरहेका छन्।

सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ । प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ । आज सभामा सहभागी हुन देशका विभिन्न स्थानबाट मानिस आएका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते राजधानीमा प्रदर्शन गरेको थियो ।

प्रकाशित : बुधबार, माघ २८, २०७७१५:०८

“आउने चुनावमा ओलीको जमानत जफत हुन्छ”