सञ्जयको प्रेममा पागल थिईन् यी अभिनेत्री, छातीमा सञ्जयको फोटो राखेर सुत्थिन् सधैँ

एजेन्सी : ९० को दशकमा सञ्जय दत्तको डेब्यु फिल्म ‘रकी’ ले बक्स अफिसमा तहल्का मच्चाएको थियो। यस फिल्मबाट नै सञ्जयले नाम, प्रसिद्धि र ऐश्वर्या सबै पाएका थिए। पत्यार नलाग्न सक्छ तर सञ्जयको पहिलो फिल्मले नै धमाल मच्चाएको थियो। उनलाई देखेर लाखौं युवती फिदा हुन्थे। यहाँसम्म कि बलिउड अभिनेत्री पनि उनी देखेर फिदा थिईन्।

सञ्जयसँग धेरै बलिउड अभिनेत्रीहरुका नाम जोडिएका छन्। तर एक अभिनेत्री थिईन् जो सञ्जयलाई असाध्यै मन पराउँथिन्। फिल्म शूटिङको क्रममा सञ्जय दत्तसँग काम अभिनेत्रीको हातगोडा काँप्थ्यो। त्यो अभिनेत्री अरु कोहीं नभएर रवीना टन्डन थिईन्।

सञ्जय दत्त र रवीनाले ‘जमाने से क्या डरना(१९९४)’, ‘आतिष(१९९४)’ र ‘विजेता(१९९६)’ जस्ता फिल्महरुमा एक साथ काम गरेका छन्। एक अन्तर्वार्तामा रवीनाले आफू सानो हुँदा ऋषि कपूरको ठुलो फ्यान भएको र पछि ठुली भएपछि सञ्जय दत्तलाई असाध्यै मन पराउन थालेको बताइन्।

रवीनाले अझ थप्दै भनिन् – ‘मैले सञ्जयसँग सात फिल्ममा काम गरे। उनीसँग काम गर्दा मलाई एकदमै डर लाग्थ्यो किनकी मलाई यकिन नै हुदैनथ्यो कि वास्तवमै त्यो व्यक्तिसँग काम गरिरहेको छु जसको पोस्टर मेरो कोठाको भित्तामा टाँग्ने गर्थे। म उनलाई पहिलेदेखि असाध्यै मन पराउँथे।’

रवीना र सञ्जय दत्त वर्षौंपछि अहम भूमिका निभाउँदै एउटै फिल्ममा देखिँदै छन्। केजिएफ च्याप्टर २ मा यशसँगै रवीना र सञ्जयको अभिनयको जादू देख्न पाइनेछ। पछिल्ला खबरहरु अनुसार सञ्जय भिलेनको भूमिकामा हुनेछन् र रवीना राजनीतिज्ञको भूमिकामा हुनेछिन्। यो फिल्म आउँदो १६ जुलाईमा थियटरमा रिलिज हुनेछ।

प्रकाशित : बुधबार, माघ २८, २०७७१८:३७

मोदी क्याबिनेटका मन्त्रीकी छोरी बलिउडमा दमदार इन्ट्री गर्दै, यति सुन्दर छिन् ! [तस्विर सहित]