गयराती भएको खेलमा टाइगर्स यूएएनएललाई १-० गोलले पराजित गर्दै क्लब वर्ल्ड कप जितेको हान्सी फ्लिकको बार्यन म्युनिखले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाको २००९ को ऐतिहासिक बार्सा टोलीको बराबरी गरेको छ।

बुन्डस्लिगा महारथीले आफ्नो बार्सिलोना टिमको एक सिजनमा सबै सम्भव ६ वटै ट्राफी जित्ने उपलब्धिलाई पछ्याए पछि पेप ग्वार्डीओलाले हान्सी फ्लिक र बायर्न म्युनिकलाई ‘सेक्स्टपल्सको लडाई’ को लाई चुनौती दिएका छन्। बार्यनले गत वर्ष बुन्डेस्लिगा, डीएफबी पोकाल, च्याम्पियन्स लिग, यूइएफए सुपर कप र डीएफएल सुपरकप उपाधि जितेको थियो।

गयराती क्लब वर्ल्ड कप जितेसँगै बार्यन फुटबल इतिहासमा यस्तो दोस्रो टोली बनेको छ जसले एक वर्षमा ६ उपाधि जित्ने क्लब बन्यो, पहिलो थियो २००९ को बार्सिलोना।

बार्यनको यो ऐतिहासिक सफलतापछि पेपले ट्वीटरमा साझा गरेका एउटा भिडियो सन्देशमा भने: “यस अतुलनीय सफलताका लागि सबै बार्यन परिवारलाई बधाई छ, क्लब विश्व कप च्याम्पियन बन्न र विशेष गरी छवटा उपाधि जितेकोमा।”

“हामी धेरै गर्व गर्छौं, म धेरै गर्व गर्छु, सबैका लागि ठूलो बधाई छ, विशेष गरी हान्सी [फ्लिक], खेलाडीहरु र ब्याकरूम स्टाफको लागि। तर म हान्सीलाई भन्न चाहन्छु कि तपाईं लगातार छ वटा उपाधि जित्ने दोस्रो टिम हो,” उनले भने।

यति भन्दै उनले आफ्नो बरसिलोना टोली यस्तो काम गर्ने पहिलो टोली भएको भन्दै बार्यन म्युनिखलाई सातौँ उपाधिको भिडन्तको लागि चुनौती समेत दिएका छन्। उनले भने, “तपाईंको यो टोली भन्दा पहिला एउटा बार्सिलोनाको टिम थियो……. यस्तोमा के मैले अन्य खेलाडीलाई बोलाउँ त र हामी सातौं उपाधि खेल्न सक्छौं? मलाई भन्नुहोस् कहिले र कहाँ ? हामी त्यहाँ हुनेछौं! ”

