जर्मनीका पूर्व अन्तर्राष्ट्रिय अर्ने फ्रेडरिकका अनुसार क्रिस्टियानो रोनाल्डोको भन्दा लियोनल मेस्सी विरुद्ध खेल्न र डिफेन्ड गर्न गाह्रो छ। मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट भन्ने विवाद वर्षौं देखि चलिरहेको छ। यी दुई खेलाडीले गत १२ वर्षमा ११ ब्यालुन डी ओर आफ्नो नाममा गरेका छन्।

धेरै खेलाडीहरुको यस बारेमा विभिन्न मत हुन्छ। फ्रेडरिक, जसले दुबै खेलाडीका विरुद्ध खेलिसकेका छन्, भने यो विवादमा मेस्सीको पक्षमा देखिएका छन्।

मेस्सी वा रोनाल्डो ? अधिक गाह्रो विपक्षी को हो?
जर्मनीको राष्ट्रिय टोलीका लागि ८२ खेल खेलका र विश्वका केही उत्कृष्ट खेलाडीहरू विरुद्ध खेलिसकेका फ्रेडरिककाले किन मेस्सी रोनाल्डो भन्दा डिफेन्ड गर्न गाह्रो रहेको बताएका छन्।

उनले गोलसँग कुरा गर्दै भने, “मैले मेस्सी र रोनाल्डो दुबै विरुद्ध खेलेको छु। म एक जनालाई रोज्छु भने त्यो हुनेछ मेस्सी। उसको गुरुत्वाकर्षणको केन्द्र भिन्न छ, रोनाल्डोको आकार ठूलो छ। दुबै अरु खेलाडी भन्दा भिन्न स्तरमा छन्, तर रोनाल्डो भन्दा मेस्सीलाई डिफेन्ड गर्न गाह्रो छ किनकि उनले खेल्ने शैली फरक छ।”

