“अब केपी ओली कम्युनिष्ट रहेनन्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित नेकपाको अर्को समूहको अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओली कम्युनिष्ट नै नरहेको दावी गरेका छन्। बिहिबार नेकपाको सोलुखुम्बु जिल्लाको प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओली अब कमरेड नै नरहेको दावी गरेका हुन्।

काठमाडौंको चावहिलस्थित एक पाटि प्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले ओली अहिले आएर कमरेड नै नरहेको दावी गरे।

प्रचण्डले केपी ओली भनेको एमाले अनि प्रचण्ड भनेको माओवादी भनेर बुझ्न नहुने बताए। पार्टी एकता पश्चात को एमाले र को माओवादी भन्ने कुराको अन्त्य भइसकेको उनको भनाई छ।

पार्टी एकता भएदेखि नै ओलीले पार्टीका नेता÷कार्यकर्तालाई आफूतिर लाग्ने कि प्रचण्डतिर लाग्ने भनेर प्रश्न गर्ने गरेको खुलासा प्रचण्डले गरे। आफूहरुको समूह पार्टी एकताको निरन्तरता रहेको दावी समेत गरेका छन्। पार्टी एकता कायम रहेको र केहि पार्टी एकता विरोधी चोइटिएर गएको प्रचण्डले बताए।

“हामी कोहि भ्रमित हुन् जरुरी छैन। हाम्रो यो पार्टी एकताको निरन्तरता हो, सुदृढीकरण हो। पार्टी एकता विरोधी, विघटन बादी, विर्सनबादी चोइटिएर गएको हो भन्ने तथ्य नै सत्य हो, हामी सबै त्यही सत्यको पक्षमा दृढतापुर्वक उभिन जरुरी छ।”,प्रचण्डले भने।

त्यस्तै प्रचण्डले केपी ओली लोकतन्त्र नमान्ने व्यक्ति रहेको पनि बताएका छन्। पार्टी भित्र सहमति र बहुमत दुवै नमानेका ओली लोकतन्त्रको पक्षधर हुन नसक्ने आरोप उनले लगाए।

“ओली पार्टीको बैठकमा आएनन्, बैठक बसौं भन्दा पनि मानेनन्। सहमति गरेनन् अनि बहुमतको निर्णय पनि मानेनन्। उनले थपे ‘पार्टीभित्रको लोकतन्त्रलाई नमान्नेले देशको लोकतन्त्र पनि मान्दैनन्।”,उनले भने।

प्रकाशित : शुक्रबार, माघ ३०, २०७७१०:०३

चीन जाने ‘प्लान’ रद्द गरेर झलनाथ भारत उड्दै ! कारण यस्तो ?